arrow

नेपालको श्रेणी खस्किनुमा ‘खेल मिलेमतो’ नै प्रमुख कारण थियो त ?

राज्यलाई नयाँ पुस्ताको चुनौती

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
nabayug.jpg.jpeg
काठमाडौं । नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार बंगबन्धु राष्ट्रि रंगशालामा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले हराउँदै पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा पुगेको हो । नेपाललाई जिताउन नवयुग श्रेष्ठले ह्याट्रिक गरे । म्यान अफ द म्याच भएका नवयुगले प्रतियोगिता भरीकै पहिलो ह्याट्रिक गरे । नवयुगले खेलको ३१औं, ६२ औं र इन्जुरी समयको पहिलो (९१ औं) मिनेटमा गोल गरे । नेपालको फराकिलो अन्तरका लागि ५२औं मिनेटमा विशाल राईले गोल गरे । ७६औं मिनेटमा नेपालविरुद्ध माल्दिभ्सका नसिद अहमदले एक गोल फर्काए । यो जितसंगै नेपालले सन् २००८ मा भएको साफ चयाम्पियनसिपमा मालदिभ्ससंग बेहोरेको ४–१ को हारको बदला लिएको छ । नेपालले बंगबन्धुको समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले पराजित गरेको थियो । नेपालको उपाधि भेट शुक्रबार बहराइनको २३ वर्ष मुनिको टोलीसंग हुनेछ । बहराइन सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । दुबै टोली पहिलो पटक बंगबन्धु गोल्डकपको फाइनलमा पुगेका हुन् । नेपाल त पछिल्लो फुटबल इतिहासमा सेमिफाइन भन्दा माथि उक्लेको थिएन । 
 
नेपाल र माल्दिभ्सको विगत
माल्दिभ्सविरुद्ध नेपालको ’हेड टु हेड’ हेर्दा खेलेको कुल १६ खेलमा नेपालले ५ खेलमा जित हासिल गरेको छ । ४ बराबरी भएका छन् र ७ खेलमा  मालदिभ्स विजयी भएको छ । मालदिभ्सविरुद्धको पछिल्लो ६ खेलमा नेपालले १ मा विजय, ३ खेलमा पराजय र बाँकी २ बराबरी खेलेको छ । माल्दिभ्सविरुद्धको खेलमा नेपालको ठुलो जित अन्तर ४–० छ । सन् १९८४ मा काठमाडौंमै भएको (तत्कालिन साफ) गेम्समा नेपालले एउटै प्रतियोगितामा माल्दिभ्सलाई ४–० गोल अन्तरले २ पटक हराएको थियो । यसपटक बंगबन्धु गोल्डकपमा ४–१ को जित हासिल गरेको छ । सो प्रतियोगितामा फुटबल तर्फको स्वर्ण नेपालले हात पारेको रेकर्ड छ । 
 
नेपाललाई माल्दिभ्सले हराएको यसअघिको अन्तर ४–१ नै थियो । सन् २००८ मा भएको साफ चयाम्पियनसिपमा माल्दिभ्सले नेपाललाई ४–१ले पराजित गरेको थियो । मालेमा भएको प्रतियोगिताको फाइनलमा माल्दिभ्सले भारतलाई पराजित गर्दै उपाधि कब्जा गरेको थियो । 
यस्तै, सन् १९९९ मा भएको साफ गेम्समा नेपालले जित हात पारेपछि १७ वर्षपछि माल्दिभ्सविरुद्ध जित निकालेको छ । नेपालले १७ वर्ष पछि माल्दिभ्सविरुद्ध सफलता हात पारेको छ । 
 
नेपालको श्रेणी खस्किनुमा खेल मिलेमतो नै प्रमुख कारण थियो त ? 
कुनै समय यस्तो थियो, माल्दिभ्सको फुटबल नेपालका सामु केही थिएन । नेपाल सजिलै जित्न सक्थ्यो । क्षेत्रफल र जनसंख्याको आधारमा समेत माल्दिभ्स नेपाल भन्दा कयौं सानो छ । तर, सोच सानो रहेन । त्यो पनि फुटबल विकासमा । निकै सानो दक्षिण एसियाली देश माल्दिभ्सले फुटबल समेत राष्ट्र परिचय हो भन्ने भावनाबाट अघि बढेरै हामी भन्दा सशक्त भइदियो । 
 
सन् १९९० को सुरुमा सरकारले निर्णय गरेको थियो । फुटबलमा मन खोलेर लगानी गर्ने । अहिले माल्दिभ्सको फुटबलले जुन सरकारी निर्णयको फल प्राप्त गरिरहेको छ । त्यहाँको फुटबल नेपालको तुलनामा निकै राम्रो छ । यद्यपि, खेल मिलेमतोको लफडापछि नेपाली फुटबलको रंग केही फेरिन थालेको छ । साख बचाउन कै लागि नयाँ खेलाडीहरु भित्र्याइएको छ । नयाँ खेलाडीहरुको वर्चश्व रहेको नेपाली टोलीले साफ च्याम्पियनसिपमा सुधारिएको प्रदर्शन गर्ने प्रयास गरेसंगै बंगबन्धुमा सफलता नै हात पारेको छ । यसबाट नेपाली फुटबल समर्थकले खेल मिलेमतो नै नेपाली फुटबलको श्रेणी सुधार नहुनुको प्रमुख कारण रहेको महसुस गरेका छन् ।
 
साख बचाउन कै लागि नयाँ खेलाडीहरु भित्र्याइएको छ । नयाँ खेलाडीहरुको वर्चश्व रहेको नेपाली टोलीले साफ च्याम्पियनसिपमा सुधारिएको प्रदर्शन गर्ने प्रयास गरेसंगै बंगबन्धुमा सफलता नै हात पारेको छ । यसबाट नेपाली फुटबल समर्थकले खेल मिलेमतो नै नेपाली फुटबलको श्रेणी सुधार नहुनुको प्रमुख कारण रहेको महसुस गरेका छन् ।
 
फिफा बरियतामा खस्कँदै गएको नेपाली श्रेणीबाट आजित फुटबल समर्थकलाई बंगबन्धु गोल्डकप प्रदर्शनले केही आश पलाएको छ । जसले खेल मिलेमतोलाई विर्सने वातावरण सिर्जना गरिदिएको छ । अर्कोतिर राज्यलाई फुटबलमा लगानी गर्न र विकृति हटाउन चुनौती थपिएको छ । राज्य फेरि पनि मुख दर्शक बन्न नहुने सन्देश नेपाली फुटबलले दिइरहेको छ । नवयुग श्रेष्ठ जस्ता मोफसल फुटबलका उत्पादनको स्तरवृद्धिमा राज्यको उचित ध्यान जान जरुरी छ । यसअर्थ कि राज्यलाई नेपाली फुटबलको नयाँ पुस्ताले चुनौती दिने वाला छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ