arrow

भारतकै ८ प्रान्तमा हिन्दूहरु अल्पसंख्यकको सूचीमा !

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
hindu-symbols-60a.jpeg

नयाँ दिल्ली । भारतका विभिन्न ८ प्रान्तमा हिन्दूहरुको संख्या कम रहेको भन्दै त्यहाँ हिन्दूहरुलाई अल्पसंख्यकको सूचीमा राख्न माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ । भारतीय जनता पार्टीका नेता एवं अधिवक्ता अश्विनी कुमार उपाध्यायले दायर गरेको रिटमा ८ राज्यमा हिन्दूहरुको जनसंख्या घट्दो मात्रामा देखिएकोले ती राज्यमा हिन्दूलाई अल्पसंख्यकको सूचीमा राख्न माग गरिएको छ । ती ८ राज्य मध्ये ५ उत्तरपूवी राज्य मिजोरम, नगाल्याण्ड, मेघालय, अरुणाञ्चन प्रदेश तथा मणिपुर रहको छन् भने बाँकी ३ राज्य पंजाब, जम्मू कश्मीर तथा लक्षद्वीप रहेको छ ।

इन्डियन एक्सप्रेसमाको खवरका अनुसार अश्वीनी कुमार उपाध्यायले २०११को जनगणनाको हवाला दिँदै अदालतमा जारी सो मुद्दामा हिन्दूहरुको संख्यामा गिरावट आएको भन्दै त्यहाँ हिन्दूहरुलाई अल्पसंख्यकको सूचीमा राख्न आग्रह गरिएको छ । 

२०११ को जनगणना अनुसार ती ८ राज्यमा हिन्दूहरुको संख्या ४० प्रतिशत भन्दा कम छ । उक्त मुद्दामा उल्लेखित तथ्यांक अनुसार लक्षद्वीप प्रान्तमा २.५ प्रतिशत, मिजोरममा २.७५ प्रतिशत, नागाल्याण्डमा ८.७५ प्रतिशत, मेघालयमा ११.५३ प्रतिशत, जम्बु काश्मिरमा २८.४४ प्रतिशत, अरुणाञ्चलमा २९ प्रतिशत, मणिपुरमा ३१.३९ प्रतिशत र पञ्जावमा ३८.४० प्रतिशत जनसंख्या हिन्दू छन् । 

उनी भन्छन् कि अल्पसंख्यक हुँदाहुँदै पनि उनीहरु आफ्नो अधिकार भन्दा बाहिर तथा मनोमानी तरिकाले उनीहरुको अधिकारलाई बञ्चित गराईएको छ । किनकी उनीहरुलाई न त केन्द्र सरकारले न त प्रदेश सरकारले नै राष्ट्रिय आयोगको धारा २ सी का अनुसार अल्पसंख्यकको सूचीमा सूचित गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ