arrow

हिमपातले सेताम्मे भए मध्यपश्चिमका हिमाली जिल्ला

बस्तुभाउलाई घरभित्रबाट प्वाल पारेर दाना घाँस दिइएको छ भने मानिसले घरको ढोकाको मध्यसम्म परेको हिउँ तताएर पानी बनाई खाना पकाउने गरेका छन् ।

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
Jumla-himpat-(1).jpg.jpeg
मुगु। मध्यपश्चिमका हिमाली जिल्ला मुगु, हुम्ला र जुम्लामा गएराति बाट व्यापक हिमपात भएको छ। मुगुको जिल्ला सदरमुकाम गमगढीमा पनि हिउँपर्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ। जिल्लाका उच्च बस्तीमा भने हिजो साँझ ५ बजेबाट हिउँ पर्न थालेको थियो। 

सदरमुकाम गमगढीमा बिहान–८ बजेसम्म ७ इञ्च बराबरको हिउँ परेको गमगढी हावापानी केन्द्रले जनाएको छ। हिउँ लगातार परिरहेकाले बजार सेताम्य भएको छ। सदरमुकाममा सात इञ्च हिउँ परे पनि उच्च बस्ती डोल्फु, मुगु, किमी्र, पुलु, रारा, मुर्माटप, खमाले, सोरुकोट, डुमाना, ताल्च, रारा विमानस्थत, मन्दु, तल्लेख, शोभालगायतका बस्तीमा तीन फिटभन्दा बढी हिउँ जमेको बताइएको छ। 
सदरमुकाममा सात इञ्च हिउँ परे पनि उच्च बस्ती डोल्फु, मुगु, किमी्र, पुलु, रारा, मुर्माटप, खमाले, सोरुकोट, डुमाना, ताल्च, रारा विमानस्थत, मन्दु, तल्लेख, शोभालगायतका बस्तीमा तीन फिटभन्दा बढी हिउँ जमेको बताइएको छ । 

डोल्फु गाउँका कार्मा लामाले फोन गरेर बताएअनुसार गाउँमा तीन फिटभन्दा बढी हिउँ परेकाले घरबाट निस्कन सकिएको छैन । वस्तुभाउलाई घरभित्रबाट प्वाल पारेर दाना घाँस दिइएको छ भने मानिसले घरको ढोकाको मध्यसम्म परेको हिउँ तताएर पानी बनाई खाना पकाउने गरेका छन्। 

यो बस्ती जिल्ला सदरमुकामबाट दुई दिन पूर्वमा रहेको छ। रारा मुर्मागाउँका शिक्षक नन्द रोकायाका अनुसार रारा ताल आसपास क्षेत्रमा पनि दुईदेखि चार फिटसम्म हिउँ परेको छ। उता सोरुकोटका स्थानीय पद्म साहीले बताएअनुसार त्यहाँ पनि बाक्लो हिउँ परेको छ भने किमी्र गाउँमा तीन फिट हिउँ परेर जनजीवन पनि कष्टकर बन्दै गएको स्थानीयवासी गुरु सन्ग्याव कार्मारोङले बताए । 

हिमपात हुने क्रम अहिले पनि जारी रहेको छ। गाउँघरमा हिउँ परेर जनजीवन कष्टकर बन्दै गए पनि सदरमुकाममा आएका कर्मचारी र अन्य पर्यटक भने हिउँसँगै रमाइरहेका देखिन्छन्। हिमपातले जिल्लामा यातायात, विमानस्थल बन्द भएका छन् ।कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्ड कच्ची भएकाले हिउँले सडक हिलाम्य हुँदा र घुच्चीलेकमा चार फिटभन्दा बढी हिउँ परेकाले मुगु भित्रने एक दर्जन मालबाहक गाडी बाटोमै रोकिएका छन्। 

यता रारा विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेकाले केही दिन हवाई सेवा बन्द रहने रारा नागरिक उडड्यन कार्यालय मुगुले जनाएको छ। हुम्लाका पत्रकार नृप हमालका अनुसार लामो समयको खरेडी पछि हिमाली जिल्ला हुम्लामा बुधवार विहानबाट हिमपात शुरु भएको छ। हिमपात शुरु भए पछि जिल्लाका कृषकहरु खुसी भएका छन्। खडेरीका कारण हिउँदे वाली सुक्न लागेको बेला हिमपात भएकाले कृषकलाई राहत भएको छ।

हिमपात शुरु भएपछि जिल्ला सदरमुकाम सिमिकोटको तापक्रम माईनस ७ पुगेको छ। हिमपातले चिसो बढेर खानेपानीका धाराहरुमा बरफ जमेकाले धारामा पानी आउन छोडेको छ। धारामा पानी नआउँदा सिमिकोटमा पानीको समस्या भएको छ। चिसो बढेका कारण बजारमा मानिसहरुको चहलपहल कम भएको छ। सिमिकोट विमानस्थलमा हिउँ जमेकाले हवाईसेवा बन्द भएको छ। हिमपातले जिल्लाका उत्तरी भेगका लीमि, मुचु, खगालगाउँ, हेप्का, स्याँडा गाविसका स्थानीय बढि प्रभावित भएका छन्। विगतका बर्षहरुको तुलनामा यस बर्ष हिमपात कम भए पनि बुधवारबाट शुरु भएको हिमपातले हिउँदे वाली फस्टाउन भने मद्दत पुग्ने स्थानीय कृषकहरुको भनाई छ।

बिहीबारबाट मौसममा सुधार आउने
सोमबार साँझबाट देशभरको मौसममा आएको बदलि वुधबार साँझ सम्म रहने भएको छ। दिनभर देशैभर सामान्य बदलि कायम रहने र विहिबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यका लगायत देशका केही स्थानमा छिटपुट वर्षा हुने मौसमविद् शान्ति कँडेलले हाम्राकुरालाई जानकारी दिइन्। काठमाडौं उपत्यकाका केही स्थानमा साँझ सम्म छिटुपुट वर्षा हुने सम्भावना छ। पश्चिमी क्षेत्रबाट मौसममा सुधारहुने क्रम रहेकाले विहिबार सुधार आउने मौसमविद् कँडेलको भनाई छ। कंडेलले भनिन्,‘पूर्व पश्चिम सबैतिर बदलिको अवस्था कायम छ, उच्च हिमाली क्षेत्रमा फेरि पनि हिमपात हुन सक्छ।’ मंगलबारै देशका उच्च भेकमा हिमपात भइसकेको छ। यस्तो, अवस्थामा पानि कम पर्ने र हिमपात बढी हुने सम्भावना रहन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ