arrow

माघ ९ को संसद बैठकका लागि सांसदहरुलाई ह्वीप (नोटिस सहित)

दलीय बार्गेनिङ्गबीच माघ ९ को टाइमलाइन

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनका लागि सहमति जुटाउन भन्दै संसदमा जारी संविधान संशोधन प्रक्रिया रोकेका शीर्ष तीन दलले माघ ९ को संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्वीप जारी गरेका छन् । 
 
प्रमुख विपक्षी नेपाली कांग्रेसले समेत माघ ९ को संसद बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई ह्वीप जारी गरेको छ । मंगलबार बसेको संसद बैठक अघि प्रमुख तीन दलका शीर्ष नेता र प्रमुख सचेतकहरुले माघ ७ सम्म मधेस मुद्दाबारे सहमति जुटाउने र ७ गते बस्ने संसद बैठकबाट संविधान संशोधन विधेयकमाथिको छलफल अघि बढाउने निर्णय गरेका थिए । 
 
दलहरुले माघ ९ अघि सहमति नभए संसदको जारी प्रक्रिया कुनै हालतमा नरोक्ने निर्णय समेत गरेका छन् । आन्तरिक रुपमा बार्गेनिङ्ग गरेका सत्ताधारी, विपक्षी र असन्तुष्ट मधेस केन्द्रीत दलहरुले माघ ९ को टाइमलाइन महत्वपूर्ण भन्नु अर्थपूर्ण छ । दलहरुले प्रतिकुलता देखाउँदै नागरिकको आँखामा फेरि एक पटक छारो हाल्ने निश्चित प्रायः भएको टिप्पणी भइरहेको छ । 
 
कांग्रेस प्रमुख सचेतकले जारी गरेको ह्वीप नोटिस  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ