- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। सलमान खानको चलचित्र ‘टाइगर जिन्दा हे’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खान र कट्रिना कैफको निकै राम्रो एक्शन हेर्न पाइनेछ । ट्रेलरमा सलमानको मात्र नभएर कट्रिनाको पनि एक्शन देख्न पाइनेछ ।
चलचित्रमा सलमान भारतीय रअ को इजेन्ट बनेका छन् भने कट्रिना पाकिस्तानी एजेन्ट रहेकि छन् । यी दुवैको एकै लक्ष शन्ति ल्याउनु हो । त्यसैले दुवै मिलेर आफ्नो लक्षमा जान्छन् । ट्रेलरमा दमदार एक्शन बाहेक डाइलग्स पनि रहेको छ । ट्रेलरको अन्त्यमा सलमान भन्छन् , ‘ उसमान यदि तमा दम छ भने मलाई रोकेर देखा ।’
‘टाइगर जिन्दा हे’ चलचित्र 'एक था टाइगर' को सिक्वेल हो । सलमान र कट्रिनाको जोडि पाँच बर्षपछि पर्दामा आएको हो । चलचित्र २२ डिसेम्बरमा रिलीज हुदैछ । ‘टाइगर’ चलचित्रको तेस्रो सिरिज पनि बन्ने चर्चा चलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आदित्य चोपडा र सलमान खानले टाइगर चलचित्रको सिक्वेललाई अगाडि लैजाने निर्यण गरेका छन् ।