arrow

प्रेस युनियनका सदस्यहरुले पत्रकार महासंघको सदस्यता त्याग्ने चेतावनी

सरकारको निर्णय पछि युनियन आक्रोसित

logo
श्यामप्रसाद खतिवडा
प्रकाशित २०७२ माघ ६ बुधबार
press_union.png.png
 दोलखा । नेपाल प्रेस युनियनले आफ्ना सदस्यहरुले नेपाल पत्रकार महासंघको सदस्यता त्याग्न सक्ने चेतावनी दिएको छ । पूर्ववर्ती सरकारले स्थापना गरेको पूर्व प्रधानमन्त्री एवं नेपाल पत्रकार महासंघका संस्थापक सभापति स्व. कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको नाम परिवर्तन गर्ने केपी ओली नेतृत्वको निर्णय पछि  प्रेस युनियन आक्रोशित भएको हो । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार विहान चरिकोटमा पत्रकार सम्मेलन गरी वर्तमान सरकार अघिल्लो सरकारले गरेका निर्णय कार्यान्वययन गर्न पूर्वाग्रही भएको आरोप लगाएका छन । उनले  वर्तमान सरकार र पत्रकार महासंघ नेतृत्वले गठन आदेशमार्फत स्व. भट्टराईको नाम हटाएर उहाँको योगदानको अपमान गरेको बताएका छन  ।
 
सरकार र महासंघ नेतृत्वले पछिल्लो निर्णय फिर्ता नभए पत्रकार महासंघमा रहेका आफ्ना संगठनका सबै सदस्यहरुले संयुक्त रुपमा सदस्यता त्याग्ने घोषणा समेत गरेका छन । उनले देशभर युनियनका  ८ हजार सदस्य आन्दोलनमा उत्रने चेतावनी समेत दिए  ।  शिबाकोटीले महासंघबाट आफ्ना सदस्यता त्यागपछि युनियनलाई नै महासंघको संरचनामा लैजान सक्ने सम्मको चेतावनि दिएका छन  । संगठानिक काममा दोलखा आएका महासचिव शिवाकोटी वर्तमान सरकारको यो निर्णय भए लगत्तै काठमाडौं फर्किएका छन । उनले आजै काठमाडौंमा पत्रकार महासंघका पूर्व सभापतिहरु सहित उपलब्ध युयिनयनका पदाधिकारीहरुको बैठक राखी थप आन्दोलनको घोषणा गर्ने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ