- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रोजगारीको शिलशिलामा जापान पुगेका बरिष्ठ लोकगायक युवराज आचार्यले जापानबाटै ‘मेरो देशको कथा’ नामक गीत लिएर आएका छन् ।
कुनैबेला लोक संगित क्षेत्रकै प्रमुख ताराको रुपमा उदाएका आचार्यले जापानबाटै पनि समय समयमा गीत गाउँदै आएका छन् ।
गत साल नेपालमा आएको बेला रेकर्ड भएको यो गीत केही ढिला गरी बजारमा पठाएका हुन् ।
आचार्य डिजीटल पोखराको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा लय र शब्द भने जापानबाटै यदुराम सापकोटाले बनाएका हुन् ।
गीतमा जापानमै रहेका विष्णु अर्यालको विशेष सहयोग रहेको बताईएको छ।
युवराज आचार्य हाल लोकदोहोरी प्रतिष्ठान नेपाल जापान शाखाका संयोजक हुन् ।