arrow

नदी कटान र बन्यजन्तुबाट हुने क्षती नरोकिए बर्दियामा खाद्य संकट आउने

logo
यादव आचार्य
प्रकाशित २०७२ माघ ६ बुधबार
Bardiya.JPG.jpeg
बर्दिया । बबई र कर्णाली नदीको बाढी तथा कटानबाट बर्षेनी हुने क्षती लगायत बन्यजन्तुबाट हुने खेतीवालीको नोक्सानी नरोकिए देशकै एक खाद्य भण्डार मानिने बर्दिया जिल्ला खाद्य संकटको जोखिममा पर्न सक्ने तथ्य सार्वजनिक भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग, कृषि विकास मन्त्रालय तथा विश्व खाद्य कार्यक्रमको सहजीकरणमा बर्दियामा सञ्चालन गरिएको चार दिने खाद्य सुरक्षा प्रतिकार्य विश्लेषणबाट उक्त तथ्य उजागर भएको हो । 
 
विश्वका १०४ राष्ट्रमध्ये नेपाल विश्वव्यापी भोकमरीको सूचकांकमा ५८ औं गम्भीर स्थानमा पर्छ । आर्थिक बर्ष २०७१/७२ मा नेपालका ३२ जिल्लामा खाद्यान्न अभाव देखिएको विश्व खाद्य कार्यक्रम मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक बखत निरौलाले वताए । खाद्य सुरक्षाका चार आयामहरुमा खाद्यान्नको उपलब्धता, पहुँच, उपयोगिताको नियमितता अन्र्तगत १७ वटा सूचकहरुको आधारमा खाद्य सुरक्षाका चरणहरुको बर्गिकरण गरिएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका कृषि प्रसार अधिकृत भरत बहादुर बस्नेतले वताए । 
 
बर्दियामा नदी नियन्त्रण, वन्यजन्तुबाट हुने क्षती नियन्त्रण, सडकको गुणस्तर सुधार, स्वास्थ्य, शिक्षा र दक्ष युवाशक्ती विदेशिने क्रम नरोकिए साद्य संकट निम्तिने चिन्ता वढेको वताईएको छ । बर्दिया जिल्लाको खाद्य सुरक्षाको अवस्था बलियो वनाउन खाका तयार गरी जिल्ला परिषदमा पेश गर्ने तयारी भैरहेको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ