arrow

कालिकोटमा हिमपात संगै चिसो बढ्यो

logo
पुष्पराज भट्टराई
प्रकाशित २०७२ माघ ६ बुधबार
kalikot.jpg.jpeg
कालिकोट। लामो समयदेखिको खडेरी झेली रहेको कालिकोटमा मंगलवार देखी हिमपात सुरु भएको छ । हिमपातले जनजिवन कष्टकर भएपनि बालिलाई फाइदा हुने भन्दै कृर्षकहरु खुसी भएका छन् । यो पटक हिउदलागेपछि कालिकोट लगायत यसका आसपासका जिल्लामा पहिलो पटक वर्षा सुरु भएको हो । वर्षा भएसंगै कालिकोट सदरमुकाम लगायतका अन्य गाविसमा भने भारी हिमपात भएको छ । गत वर्ष मंसिरमा नै हिमपात भएको कालिकोटमा यस वर्ष भने माघमा मात्र हिउ परेको छ ।
 
गत भदौदेखि पानि नपरेकाले हिउदेबाली सुक्ने अवस्थामा थिए । तर मंगलबारदेखि परेको हिमपातले खेतवारी ओसीलो हुने र अव गहुँ, जौ, मकै, आलु लगायतका बालिलाई फाइदा हुने भएकाले कालिकोटका किसान निकै उत्साहित भएका छन् । हिमपात पछि कालिकोट सदरमुकाम मान्मदेखि देखिने उच्च हिमालय र चुचुराहरु सेताम्मे भएका छन् । हिमपात पछि कालिकोट लगायतका ठाउँमा अत्यधिक जाडो बडेको छ । दुइदिनदेखी परेको पानि र हिमपातले सौर्य उर्जादेखि चार्ज भएर संचालन भएका जिल्लाका चारओटा एफएम स्टेशनले पनि आफ्नो नियमित प्रसारण सेवादिन सकेका छैनन भने । वर्षा र हिमपातले सुख्खा जमिनबाट उड्ने धुलो भने कम हुने र लामो समयदेखि जिल्लाका विभिन्न ठाउँमा लागेको आगलागि हटेर बातावरण सफा हुने निश्चित छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ