arrow

पाँचथरको ओलनेमा आगलागी, ७० लाख वढिको क्षति

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७२ माघ ६ बुधबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। पाँचथरको ओलने ९ मा आज दिउँसो आगलागी हुँदा ७० लाख रुपैया भन्दा वढिको क्षति भएको छ । स्थानिय पदम प्रसाद मुखियाको घरमा भएको सोलारको तार सट भई आगलागी हुँदा ३ वटा घर, २ वटा होटल र ३ वटा पसल जलेर नष्ट हुँदा ७२ लाख २० हजार रुपैयाको क्षति भएको छ ।आगलागी बाट स्थानिय पदम प्रसादको तिन तले कच्ची घर,घरमा भएको लत्ताकपडा,अन्नपात र भाडावर्तनको सामान जल्दा ४० लाख रुपैयाको क्षति भएको छ । यस्तै जय कृष्ण मुखियाको १० लाख रुपैयाको क्षति भएको छ ।
 
जोग रानी राईको ६ लाख रुपैया र पदम प्रसादको घरमा डेरा गरी वस्ने छत्र फियाकको ३ लाख ५० हजार रुपैयाको सामान तथा ७० हजार रुपैया नगद जलेर नष्ट भएको हो ।यस्तै जय फियाकको इलेक्ट्रोनिक्स मोवाइल पसल जल्दा ३ लाख रुपैया र उनकै घरमा संचालनमा रहेको होटल जल्दा १ लाख रुपैयाको क्षति, जोगवनी राईको घरमा संचालनमा रहेको होटल एण्ड लज जलेर नष्ट हुँदा २ लाख रुपैया र सोही घरमा हाडवेयरको पसल जल्दा ६ लाख रुपैया वरावरको क्षति भएको छ ।आगलागी इलाका प्रहरी कार्यालय र प्रहरी चौकी दशमी बाट खटिएको टोली र स्थानियको सक्रियतामा १ घण्टा पछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा परी स्थानिय जयकृष्ण मुखिया घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ