arrow

पाँच दलको बैठक : भद्रगोल हटेन, समिति बनाउने भूतले छाडेन, बैठकबारे रामचन्द्रले के भने ? (भिडियो हेर्नुस्)

उपयुक्त संशोधन नभेटिए फेरि समिति बन्ने

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
Ramchandra.jpg.jpeg
काठमाडौं । संयुक्त मधेसी मोर्चाका माग सम्बोधन गर्न सहमति जुटाउन बसको सत्ताधारी र विपक्षी पाँच दलको बैठकले संसदमा छलफलमा रहेको संविधान संशोधन विधेयकको संशोधनका आधारमा अघि बढ्ने निष्कर्ष निकालेको छ । वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका नेताहरुको बैठकले संविधान संशोधन विधेयक परिर्माजनसहित पारित गर्ने र संशोधनमा मोर्चालाई समेत सहमत गराउने गरी अघि बढ्ने निष्कर्ष निकालेको हो । 
 
आइतबार मोर्चाको तर्फबाट कार्यदलमा सहभागि सदस्यहरुले पत्रकार सम्मेलन गर्दै संयुक्त कार्यदलस्तरीय वार्ता समाप्त भएको र अब शीर्ष तहमा मात्रै वार्ता गर्ने बताएपछि दलहरु आन्तरिक र संयुक्त छलफलमा जुटेका हुन् । विहिबार विहान ९ बजे मधेसी मोर्चासंग छलफल हुने तय भएको छ । सरकारका तर्फबाट पेश भएको दुई बुँदे प्रस्तावसँग सम्बन्धित संशोधन प्रस्तावहरुलाई मिलाएर अघि बढाउने र अन्य प्रस्तावहरु अस्वीकृत गर्ने सहमति दलहरुले गरेका छन् ।
 
बैठकपछि संचारकर्मीसंग कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने,‘हाल सम्म परेका संशोधन मध्ये मधेसी मोर्चाको माग सम्बोधन गर्ने उपयुक्त संशोधन भए त्यसैलाई छलफलमा अघि बढाउने र संवोधन गर्ने खालको कुनै उपयुक्त संशोधन नभए भाषागत त्रुटी सच्याउनका लागि संसदमा छुट्टै समिति गठन गर्ने सहमति भएको छ ।‘ मिल्न सक्ने संशोधन प्रस्तावहरु कुन–कुन हुन् भन्नेबारे तीन दल कांग्रेस, एमाले र एमाओवादीका नेताहरु सम्मिलित कार्यदलले टुंगो लगाउने पौडेलले सुनाए । संविधान संशोधन विधेयकमा २४ वटा संशोधन परेका छन् । सहमति नभएको खण्डमा संसदमा समिति बनाउने कुरा सबै कांग्रेस एक्लैको प्रस्ताव नभएको भन्दै पौडेलले सवैको साझा मार्ग र बैठकको निष्कर्ष नै त्यही रहेको सुनाए । 
 
भिडियो हेनुस्

 



नयाँ