arrow

'गगन थापालाई भोट हाल्न पाउनु नै पनि शान हो'

logo
केशव पाठक,
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
gagan-sign-padbhar.jpeg

काठमाडौं । गगन थापा भन्ने नाम र व्यक्तित्व नेपालमा सबैभन्दा धेरै बिक्ने विषयमध्ये एक हुन्। सुपरस्टारको दर्जामा बाँच्ने सारै कम नेपाली नेताहरुको सूचिमा उनी पर्दछन् । कि मरेपछि कि जीवनको उत्तरार्धमा नाम तथा सम्मान पाउने देश भनेर चिनिने नेपालमा युवा उमेरमै सम्मान र क्रेज आर्जन गर्ने संभवतः उनी एकमात्र नेपाली हुन् । सम्मानका लागि आवश्यक प्रायः सबै परीक्षामा उनी अब्बल नतिजाका साथ पास भएका छ । अबको उनको परीक्षा भनेको प्रधानमन्त्री भएपछि देखिनेछ । 

नेपाली काँग्रेस पार्टीभित्र मात्रै हैन पर पार्टीका लागि पनि गगन थापाको नाम र उपस्थितिले एकखाले रोमान्चकता प्रदान गर्दछ । थापाको उपस्थितिले चटपटा वा एकछिने रमाइलो महशुस हुनुभन्दा गहन, ओजिलो र अर्थपूर्ण हुन्छ भन्नेहरुको भीड दिनानुदिन बढ्दै गएको छ । राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेसको कमजोर बन्दै गएको छविमा संभवतः गगन थापा वा उनीजस्ता केही पात्रका कारण अझै मानिसले विश्वास गरिरहेका छन् । उनीजस्ता बल्लबल्ल प्राप्त हुने पात्रका कारण विपक्षीहरु अझै नेपाली काँग्रेसलाई गहकिलो बोध गर्छन् । 

नेपालीहरुले नेपालको भविष्यलाइ कहिँकतै गगन थापा वा उनीजस्ता केही पात्रको नाममा अझै स्वर्णमय कल्पना गरिरहेका हुन्छन् । देश विकास गर्न ल्य ुक्वान यु वा महोम्मद महाथिरको प्रशंग आउँदा गगन थापाजस्ता पात्रहरु सम्झेर मान्छेहरु स्वदेशप्रति आशातित हुन्छन् । विदेशमा बसेर १२ घण्टा काम गरेर २० हजार रुपैँया घर पठाउन धौ धौ भएका नेपालीहरु कुनै दिन देशले मुहार फेर्नेछ र देशमै केही गरिनेछ भनेर गगन थापाजस्तै केही पात्रहरु सम्झेर चित्त बुझाउँछन् । 

दूरदराज गाउँको एउटा विदेश जान र सहर पस्न नसेकोको परिवार गगन थापाजस्तो मान्छेले देश हाँक्ला र आफ्नो सन्ततीको जीवन राम्रो होला भन्ने आशामा राती निदाउँछ । हिजो वा आज प्रधानमन्त्री भएका यो वा ऊ पात्रले भोलि केही गरिदेला भन्ने आशा अब सम्भवतः नेपालीमा छैन ।  हिजो र आज सत्ता हाँक्नेहरुलाई कहिले गगन थापाहरुले विस्थापित गर्लान् फरक महशुस गरौँला भन्ने आशमा देशभरीका सर्वसामान्य छन् । 

गगन थापा तथा उनीजस्ता केही सिमित पात्रप्रति यति अपार विश्वास, भरोशा र उत्साह यत्तिकै आएको हैन । यो अबस्थामा आउनमा गगन थापाजस्ता व्यक्तिले पछिल्लो एकडेढ दशकमा नेपालको राजनीति, सामाजिक जीवन तथा विकासको पथमा पारेको अविश्मरणीय प्रभावले गर्दा हो । ०६२ ६३ को जनआन्दोलनमा राजनीतिक परिवर्तनमा होस् वा त्यसपछिको शान्ति कायम गर्न, नयाँ संबिधान ल्याउन, नेपालको विकासमा खाका कोर्नमा होस् गगन थापाहरुको विशाल योगदानले नै उनीहरुलाई अग्रपंत्तिमा ल्याएको हो । 

जनतालाई गगन थापाको भाषणले मात्र मोहित गरेको हैन उनले संबिधान बनाउने, संसदीय समितिमा बसेर उत्कृष्ट काम गर्ने, सदनमा सबैभन्दा प्रभावकारी प्रस्तावहरु ल्याउने, स्वास्थ्य मन्त्री भएर देशको स्वास्थ्य क्षेत्रमा कायापलट गर्ने योजनाका कारण सम्मोहित भएका हुन् । त्योभन्दा पनि महत्वपूर्ण कुरो गगन थापाले नेपाली जनताभित्र देश, लोकतन्त्र र विकासप्रति ल्याएको पोजेटिभ भाइव्रेसनले उनीप्रति सबै मोहित भएका हुन् । 

देश यतिखेर नयाँ सम्बिधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलोमा छ । हिमाल, पहाड र तराइका सबै तहतप्काका मानिसलाई यतिखेर चुनाव लागेको छ । प्रदेश चुनावमा हामी पहिलो अनुभव लिँदै छाँै भने केन्द्रिय चुनावमा राम्रा र प्रभावकारी मानिस मानिस कसरी नेपालको संसदमा पुर्याउने भन्ने विषयमा देशका चुलोचौकोदेखि धानखेतसम्म बहश चलिरहेको छ । 
यो बहशमा देशका १६५ नै क्षेत्रमा गगन थापाहरु सबैले चाहेका व्यक्ति उम्मेदवार छैनन् । धेरैजसो क्षेत्रले उही पूरातन संसदमा जाने मानिस मात्रै चुन्ने सतही काम गर्नेछ उनीहरुकोमा गगन थापा वा उनीजस्ता पात्र पाउने कल्पना त्यो क्षेत्रका मानिसले देखेका पनि छैनन् । पोजेटिब भाइव्रेशन दिने खालको मानिस नहुनुको पिडामा उनीहरुले कस्तालाई भोट देलान् भन्ने विषय आफैमा कठोर भए पनि जुन निर्वाचन क्षेत्रले गगन थापालजस्तो मानिस उम्मेदवार पायो उनीहरुलाइ भने शानको विषय बनेको छ ।

गगन थापालाई भोट दिन पाउनुको शान सम्भवतः यो चुनावको सबैभन्दा सुनौलो पक्ष हुनसक्छ । सिमित संख्यामा रहेका यस्ता निर्वाचन क्षेत्रले देशको मुहार फेर्ने व्यक्तिलाई चुनेर पठाउने भएकाले उनीहरु आफैमा भाग्यमानी पनि ठान्दछन् । यही भाग्यमानी क्षेत्र हो काठमाडौँ क्षेत्र नं। ४ । यो क्षेत्रले गएको संबिधानसभा निर्वाचनदेखि गगन थापालाई प्रत्यक्ष सांसदको रुपमा पाएको थियो । ०७० सालमा प्रत्यक्ष सांसद भएपछि गगन थापाले आफ्नो क्षेत्रको जनताको शिर सँधै ठाडो बनाउने कम गरे । 

कमजोरीरहित यो संसारमा कोही छैन, एकाध कमजोरी गगन थापाको पनि छ तर जनताको सरोकारको विषयमा उनीसँधै सचेत थिए र छन् पनि । कार्यकर्तालाई समय दिएनन्, फोन उठाएनन् जस्ता सतही आवाज गगन थापामाथि लागे पनि विकास गरेनन् वा देशको मन्त्री हुँदा पनि केही गर्न सकेनन् भनेर कसैले भन्न नसक्ने वातावरण उनले बनाए । यही ४ वर्षमा गगन थापाले नेपाली काँग्रेसमा भविष्यको पार्टी सभापतिदेखि भविष्यमा देशको प्रधानमन्त्रीको सम्भावित व्यक्ति भनेर सोचिने पात्र बन्न भ्याए  । पार्टीभित्र युवा उमेरमै महामन्त्री पदमा उठेर सम्मानजनक मत ल्याएका थापा साँच्चै देशका आशाका प्रतिक बने । क्षेत्र नं। ४ वासीले फेरी एकपटक गगन थापाका नाममा भोट हाल्न पाउने भएका छन् । देशको भविष्यलाई रोज्ने र जिताउने  मौका पाएका  काठमाडौँ ४ बासीले साँच्चै गर्व तथा शानका हकदार भएका छन् । 
 

लेखक पाठक काठमाडौं‌ क्षेत्र न‌ं ४ का मतदाता हुन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ