arrow

हुम्लामा आँखा शिविर

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
eyes-checked-regularly.jpeg

हुम्ला। सदरमुकाम सिमीकोटदेखि दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाको हिमज्योति माविमा आँखा शिविर सम्पन्न भएको छ । 

नेपाल नेत्र ज्योति संघ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा सो शिविर सञ्चालन भएको थियो । 

हिमालय आँखा अस्पताल घारी पाटन पोखराको प्राविधि, औषधि र आर्थिक सहयोगमा सञ्चालित उक्त शिविरमा ७२ जनाको मोतीबिन्दु, ५०० जनाको साधारण जाँच र औषधि वितरण गरिएको पोखराका डा हरिविक्रम अधिकारीले जानकारी दिए । 

सर्केगाड उपशाखाका सभापति भीमबहादुर शाहीले मुगुको धैन सोरुकोट, भी, नार्थपुलगायत बिरामीले सेवा लिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ