मतदाताबीच लोकप्रियता बढाउँदै ओखलढुङगाका रामहरी खतिवडा
दीर्घ खत्री।
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
605
Shares
ओखलढुङगा। मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिदै जादाँ ओखलढुंगा जिल्लामा पनि बाम गठबन्धनका उम्मेद्वारहरुले नेपाली काँग्रेसका उमेरद्धार एवं निवर्तमान सांसद रामहरी खतिवडाको विरुद्ध भद्धा आरोप सहित विरोधमा उत्रिएका छन् ।
आम मतदाता भने गठबन्धनका नेता कार्यकर्ताले लगाउने अनर्गल झुट्टा आरोपको विपक्षमा देखिएका छन ।
जिल्लाको विकास निर्माणमा खतिवडाले पुर्याएको योगदान र जनताको दुःख सुखमा उनले दिएको साथदेखि डराएर विरोधीहरु फगत आरोपमा उत्रेको स्थानिय ज्ञान बहादुर खत्री बताउँछन्।
विकासका पर्यायका रुपमा रहेका खतिवडाले जिल्ला १३ बर्ष देखि नबनेको सुनकोशी पुलको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पुल निर्माणका क्रममा उब्जीएको जनआक्रोश देखि निर्माण चरण आएका अनेक समस्याको समाधान आफ्नै अग्रसरता समाधान गरेको अहिले पनि ओखलढुङगाका स्थानियले सम्झिने खत्री बताए। उनि निर्वाचित भएको १ बर्ष नवित्तै पुल निर्माण सम्पन्न भएको थियो।
स्थानिय पत्रकार पदम कार्की भन्छन “खतिवडा नभएको भए अरुले कुनैपनि हालतमा यति छिटो ओखलढुगेली जनताको लाइफलाइनको रुपमा रहेको पुल निर्माण सम्पन्न हुने आस पनि थिएन ।”
दोस्रो संविधान सभाका पहिलो जिम्मेवारी भनेको नै संघिय गणतन्त्र नेपालको संविधान जारी गर्नु रहेको थियो । संविधान निर्माणमा पनि उनले पार्टीको नीतिमा सहयोग पुर्याउँदै योगदान दिएका थिए।
बैशाख १२, २०७२ को भुकम्पमा पहिले जनताको घरदैलमा पुग्ने सभासद नै थिए खतिवडा । “उनि यति चाँडो गाउँबस्तिमा आउलान भन्ने हामीले कल्पना पनि गरेका थिएनौ यसै कारण पनि हामी खतिवडालाई फेरी पनि आत्मसम्मानका साथ भोट हाल्ने तयारीमा छौं ” कालिकाका छत्रबहादुर बुढाथोकीले भने ।
सरकारले ओखलढुंगा जिल्लालाई अति प्रभावित जिल्लामा राखेन तर उनैको पहलमा नै १४ जिल्लाको सुचीमा राखियो। जस्ले गर्दा जिल्लाका भुकम्प पिडित नागरिकका लागि थुप्रै राहत प्राप्त हुन सक्यो ।
जनपक्षिय आवाज बुलन्द गर्ने विश्वास मतदाता विच भएका खतिवडाले विकास निर्माणका कैयन योजनाहरुको शुरुवात गराउन सफल भए ।
“उनले विकासमा अग्रसरता देखाएको देख्दा उनको निजी जिन्दागी नै छैन जस्तो महसुश हुन्छ” चम्पादेवी ६ का दुर्ग खड्काले भने, ' विकासका अतिरिक्त नागरिकको जुनसुकै समस्यामा पनि जुरुक्कै उठ्छन । नागरिकका कुरा उठाउने सवालमा उनि शत प्रतिशत सफल हुन्छन ।'
जिल्लाका सबै जसो विकासको शुरुवात गर्न उनले अग्रसरता देखाएका छन् ।
विराज समाजले जिल्लाबाट निर्वाचित सभासदहरुलाई विगुटार, रागादीप र जन्तरखानी क्षेत्रका माद्यमिक विद्यालयहरुका लागि सोलार र कम्प्युटर व्यवस्थ गर्न २०७१ साल श्रावण १२ गते आग्रह गरे अनुसार उनले विगुटार मावि लगायत जिल्लाका १५ वटा माविका लागि २ किलोवाट सोलार वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र मार्फत उपलब्ध गराए भने आफ्नो परिश्रमिकबाट कम्प्युटर सेट उपलब्ध गराएका थिए।
खतिवडाका प्रतिष्पर्धी यज्ञराज सुनुवारले उनको सिको गर्न खोजे पनि खासै सफल भएको देखिदैन । उनी सार्वजनिक रुपा खतिवाडाको कटाक्ष त गर्छन तर नागरिकले विश्वास गर्न सकेका छैनन् ।
सुनुवार निर्वाचित क्षेत्रमा खतिवाडा आइदिए हुने थियो भन्ने मतदाताका लागि दुबै क्षेत्र जोडिएर १ भएपछि दुङगा खोज्दा देउता मिले झै भएको स्थानियको अनुभव छ।