arrow

कम्रेडका नाममा केहि कुरा

logo
टेकराज अवस्थी,
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
KP-oli-talking-new.jpg.jpeg

काठमाडौं ।  पूर्व प्रधानमन्त्रि नेकपा एमालेका अध्यक्ष कम्रेड केपि शर्मा ओलि ज्यू, हुन त यो समय तपाईलाई केहि कुरा सोधिरहने समय होइन यो समयमा तपाई अलि बढि चिन्तित हुनुहुन्छ होला अलि बढि दुखित हुनुहुन्छ होला किन कि शेरबहादुर देउवा नेतृत्वको सरकार र गगन थापाको सक्रियतामा चिकित्सा शिक्षा अध्यादेश जारि गराएरै छाडेका छन् तपाईले जति कोशिस गर्दा पनि रोक्न सक्नुभएन । मेडिकल माफियाको हातमा नेपालको चिकित्सा शिक्षा दिने तपाई लगायतहरुको सपना पुरा हुन सकेन । केहि छैन तपाई जस्तो महान मान्छेले यस्तो कुरामा अलमलिनु हुँदैन ।

प्रधानमन्त्री शेरवहादुर देउवाले चार पटक चश्मा र पाँच पटक दउरा मिलाएरै भए पनि तपाईकै भाषामा फेरि अर्को राष्ट्र घात गरे र तपाई फेरी एक पटक राष्ट्रबादी हुनु भो सोच्नुस कुरो सकिहाल्छ । काम्रेड तपाईले भन्ने गरेका केहि कुराहरु कहिले काहिँ तपाईसँग पनि ठोकिन्छन् भन्ने कुराको हेक्का राख्न सक्नुभएन ? राजनीतिमा अलिकता नैतिकता पनि हुन्छ भन्ने कुरा किन सोच्न सक्नु भएन ? म धेरै अगाडि जाँदैन, तपाईका पछिल्ला अभिव्यक्तिहरुमा मात्रै प्रश्न गर्न चाहन्छु । पहिलो कुरा स्थानिय चुनावको समयमा तपाईले चितवनको एउटा कार्यक्रममा बोल्नु भएको कुरा मलाई आझैँ पनि सम्झना छ, “काँग्रेस जस्तो पार्टिले प्रजातन्त्रको नाममा डोकोमा माओवादिको छोरी बाक्यो” भन्नु भएको थियो हो काँग्रेसले माओवादिको छोरी बोकेकै हो किनकी काम्रेड प्रचण्डको आनिबानी काँग्रेसलाई पहिले देखि नै थाहा थियो, उनि अरुलाई देखाईदिनका लागि जे पनि गर्छन, हिजो काँग्रेसलाई देखाईदिन कै लागि १७ हजार बढि निहत्ता जनताको हत्याको नेतृत्व गरे, देखाई दिनकै लागि पशुपति , प्रधान सेना पति र राष्ट्रपति चलाए । देखाई दिनकै लागि पहिलो संविधान सभा भङ्ग गराए, देखाई दिनकै लागि दोस्रो संविधान सभाको परिणाम आउँदा परिणाम नस्विकारी झण्डै भागेका थिए ।

 अरु त के तपाईलाई पनि देखाइ दिन काँग्रेससँग सरकारमा आएर प्रधानमन्त्री बने । फेरी पनि देखाइ देलान् र संविधान कार्यान्वयनको चरणमा स्थानिय चुनावबाट भाग्लान् र देश फेरि अस्थिरता तीर जाला भन्ने पिरले काँग्रेसले छोरी बोकेको हो तर काम्रेड मलाई सोध्न मन लाग्यो हाल तपाईले माओवादीका अध्यक्ष, माओवादीका अध्यक्षकी बुहारी र झण्डै ४० प्रतिशत माओवादी केका लागि बोक्नु भएको हो ? साम्यवाद या कम्युनिष्ट आन्दोलन ? अर्को कुरा अहिलेको सरकारलाई मन्त्रि मण्डल यति ठूलो केका लागि भनेर प्रश्न गर्नु भएको थियो हो यति ठूलो मन्त्री मण्डल बनाउनु गल्ति हो, आम जनताले प्रश्न गर्न पाउँछन्, तर त्यो अधिकार तपाईलाई छैन, किनकी तपाईले पनि एउटा इतिहास रच्नु भएको थियो मन्त्रालय टुक्राउने आधा दर्जन उप–प्रधानमन्त्री बनाउनु भएकै हो होइन र ? कित यो पनि राष्ट्रवाद भित्रै पर्छ ? तपाईले भर्खरै भन्नु भएको एउटा कुरा तपाईहरु आन्दोलन गरेर संघर्ष गरेर जेलमा बस्दा देउवाहरु वेलायतमा पिँजा र पाउरोटी खाँदै थिए, मानौ तपाईले त यस्तो भन्नु भयोकी देउवा आजिवन वेलायत बसेका हुन् उनले कुनै संघर्ष नै गरेका छैनन्, तपाईले संघर्ष गर्दाको समयमा उनले गुच्चा खेलेर बसेका थिए ।

यहाँ नेर तपाई कै भाषा र शैलि सापटि माग्न मनलाग्यो, देशको नेतृत्व गर्न अलिकति शिक्षित पनि हुनु पर्दछ । त्यसैले वी.पी. कोइरालाले उनमा देशको नेतृत्व गर्ने क्षमता देखेर उनलाई वेलायत पढ्न पठाएका हुन् । नकि पिंजा र पाउरोटी खान । तपाईले पढ्नु भएन र पढ्न सक्नु भएन । के यो देश देउवा को हो ? के उनले पनि पढ्नै नहुने थियो ? याद रहोस्, उनि वेलायत जानुभन्दा अगाडि प्रजातन्त्रकालागि उनले पनि थुप्रै जेल नेल र शारिरिक यातना सहेका छन् ।
 
अर्को कुरा नेपाली काँग्रेसका युवा नेता गगन थापालाई सेलिव्रेटि नेता भनेर व्यङ्ग्य गर्नु भएछ, उनी आजको गगन थापा उखान टुक्का भनेर सेलिव्रिटि भएका होइनन् । उनि त्रिचन्द्र क्याम्पसको गेटबाट नारायणहिटी राजदरवारतर्फ माइक फर्काएर राजतन्त्र मुर्दावाद ! गणतन्त्र जिन्दावाद भनेर नारा लगाइरहेका थिए, जुन समयमा तपाई आफ्नो निवासबाट गणतन्त्रका निम्ती चलिरहेको आन्दोलनलाई बयल गाडाको उपमा दिदै हुनुहुन्थ्यो । शेर बहादुर देउवा आफ्नै निवासमा नजरबन्दमा थिए, जङ्गलमा बसेर जनहत्या गर्दै गरेका प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले बाह्रा बुँदे सम्झौता मार्फत फकाएर आफूसँगै हिँडाउने प्रयत्न गर्दै थिए ।
 
अन्तमा, पहिला सिलाउन नसकेको तपाईका सारथीको मन अहिले आएर सिलाउनसक्नु भएको छ, अब फेरी नफाटोस्, हिजो तिनको नेतृत्वमा भएको हत्या प्रजातान्त्रीक समाजवाद अंगाल्नेहरुका मात्रै थिएनन्, तपाईकै जबज मान्नेहरु पनि थिए । ती हत्या गरिएका व्यक्तिहरुका आफन्तलाई त्यो हत्या ठिक थियो भनेर सम्झाउन सक्नुहोस् । यहि शुभकामना मैले तपाई कै शैलि प्रयोग गर्दै यति कुरा लेखे अलिकति चर्को भए माफ गर्नुहोला धन्यवाद !

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ