arrow

नारी समाज पोर्चुगलले गर्‍यो अनाथ बालबालिकालाई आर्थिक सहयोग

logo
भरत प्रधान।
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
nari_samaj-portugal.jpg

लिस्बन (पोर्चुगल) । नेपाली नारी समाज पोर्चुगलले प्रवासमा देउसी भैलो खेलेर सँकलन गरेको रकम अनाथ आश्रमलाई सहयोग गरेको छ ।

समाजले सुनसरीको इतहरी –४, सयपत्री टोलमा रहेको निसाहय बालबालिका सेवा आश्रमलाई आर्थिक सहयोग गरेको हो । आश्रमका लागि सहयोगार्थ आयोजित देउसी भैलो कार्यक्रमबाट संकलीत एक लाख ८९ रुपैयाँ आश्रमलाई सहयोग प्रदान गरिएको समाजकी अध्यक्ष सिता बरालले जानकारी दिइन । उक्त सहयोग रकम आश्रमकी सञ्चालिका गीता गौतमलाई रेमिट्यान्स मार्फत् पठाईएको अध्यक्ष बरालले बताए ।

तिहारको अवसरमा समाजले पोर्चुगलमा रहेका प्रवासी नेपालीहरुबाट सहयोग रकम संकलनका लागि घरदैलो देउसी भैलो अभियान नै सञ्चालन गरेको थियो । प्रवासमा नेपाली लोक सँस्कृतीको सँरक्षण, सम्वर्द्धन र प्रर्बद्धन गर्नुका साथै गरिब, असाहय र अनाथ बालबालिकाहरुलाई केही मात्रमा भएपनि सहयोग पूगोस् भन्ने उद्धेश्यले देउसी भैलो कार्यक्रम आयोजना गरिएको बरालले बताए । हाल आश्रममा ३४ जना निसाहय तथा अनाथ बालबालिकाहरुले आश्रय लिएका छन् ।

स्वयं अनाथ रहेकी गौतमले अनाथ र असाहय बालाबालिकाहरुको सेवा गर्ने उद्धेश्यले बि.सं. २०४१ सालमा आफ्नै प्रयास र लगानीमा उक्त आश्रम सञ्चालन गरेका हुन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ