arrow

नेपाल ईन्जिनियरिंग कलेज चाँगुनारायणका अध्यक्षको मनपरी, विद्यार्थी संगठनलाई बाँड्न वार्षिक डेढ करोड

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
NEC.png

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले गरेको मनपरीतन्त्रको नयाँ प्रमाण फेला परेको छ । अध्यक्षसहित सञ्चालक रामरत्न उपाध्याय, लवराज भट्टराई र उपेन्द्र गौतम गरी चार जनाले विद्यार्थी तथा कलेजलाई गरेको विश्वासघात र गद्दारीको नयाँ प्रमाण फेला परेको हो । नेपाल इन्जिनियरिङ कलेजको सञ्चालक समितिको आकस्मिक विशेष बैठक भनेर सात वटा गुप्त निर्णय भएको थाहा भएको हो । यी निर्णयहरु अन्य सञ्चालकहरुबाट आजका दिनसम्म पनि लुकाइएका छन् ।

निर्णयहरुमा कलेजमा रहेका विद्यार्थी संगठनहरुलाई अनैतिक रुपमा बाँड्न कलेजबाट वार्षिक  १ करोड ५० लाख रकम झिकी सो खर्चको फाँटबारी तथा भरपाई अध्यक्षले पेश गर्नु नपर्ने निर्णय रहेको छ । यो खर्चका लागि कलेजले दिएको विभिन्न छात्र वृद्धीको कटौती गर्ने निर्णयमा उल्लेख छ । अध्यक्षको कर कट्टा गरेपछिको मासिक तलब  ५ लाख र सञ्चालकहरुको मासिक तलब  १ लाख २५ हजार भनी आफुखुशी निर्णय गरिएको पाइएको छ । माथी उल्लेखित सञ्चालकहरुले थप रकम पनि लिने निर्णय गरिएको छ । सो हिसाबले अध्यक्षको कुल तलब  ६ लाख ७५ हजार ६ सय ७५ र सञ्चालकहरुको तलब  १ लाख ६८ हजार ९ सय १८ हुनेछ । ३ जना सञ्चालकहरुको सो भन्दा अझै बढी तलब छ ।

कलेजका प्राचार्य तथा उपप्राचार्यलाई तलब बढाउनुको सट्टा विविध खर्च भनेर मासिक  १० हजार अध्यक्षले आफु खुसी दिने निर्णयामा उल्लेख छ । कलेजले अध्यक्षलाई अष्ट्रेलिया जानआउन वार्षिक ३ पटक (६ वटा) प्लेन टिकेट र अध्यक्षकी पत्निलाई अष्ट्रेलियाबाट आउनजान वार्षिक २ पटक (४ वटा) प्लेन टिकेट दिने निर्णयमा उल्लेख छ । अध्यक्षलागायत सञ्चालकहरुको तलब भत्तालाई चाहिने रकम लेखाबाट लुकाउन कलेजको चलन चल्तिमा रहेको खाताको प्रयोग नगरी यिनै ४ अध्यक्ष तथा सञ्चालकहरुको सहीले चल्ने नयाँ खाता खोली पैसा बाँड्ने निर्णयमा उल्लेख छ ।
 
कुनै बेला कलेजमा विद्यार्थीसँग उठाउन बाँकी रकम  १५ करोड रहेको व्यहोरा उल्लेख गरिएको छ । सो रकम उठाउन विद्यार्थी संगठनहरुसँग समन्वय गरी सो रकम को १५५ वा  २ करोड २५ लाख खर्च गर्ने र सो खर्चको फाँटबारी पेश गर्नु नपर्ने समेत निर्णय गरियो उल्लेख छ ।

पटके रुपको  २ करोड २५ लाख बाहेक वार्षिक  १ करोड ५० लाखको मात्रैको आधारमा सो रकम गत ४ वर्षमा कुल  ६ करोड पुगेको हुनुपर्छ ।  ६ करोड र अध्यक्षले लिएको २ करोड २५ लाख गरि कुल ८ करोड २५ लाखले ७० जना विद्यार्थीले छात्र वृद्धीमा पढ्न पाउँथे । निशुल्क अध्ययन कोटा तथा नगद सहयोगको कटौती गर्नुपर्ने थिएन ।

आर्थीक बचत सबै अध्यक्षको बैंक एकाउन्टमा पुगेको रहेछ । गत १ आर्थिक वर्ष देखी मात्रै अध्यक्षको नाउँमा कलेजबाट  ७ करोड ६१ लाख भन्दा धेरै रकम झिकिएको छ । नेपाल इन्जिनियरिंग कलेज चाँगुनारायण भक्तपुर मुनाफारहित रुपमा सञ्चालनमा ल्याउने गरी सामाजिक संस्था दर्ता अनुसार सञ्चालित कलेज हो । तर पछिल्ला वर्ष अध्यक्षलगायतले बदमासी गरी निजीकरण गर्न खोजिंदै आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ