arrow

काँग्रेस प्रवेश गरेका सेवाग्राहीलाई दुख दिन थाले वडाध्यक्षले 

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
uml-flag.png

कानेपोखरी । मोरङको कानेपोखरी ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले एकपछि अर्को गर्दै आफ्ना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको रिस सेवाग्राहीसँग फेर्न थालेका छन् । झण्डै तीन साता अघि काँग्रेसमा प्रवेश गरेका सोही वडाका नगेन्द्र बजगार्इंका छोरा बुहारी वडाध्यक्षको निशाना बनेका हुन ।  

सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन वडा कार्यालय पुगेकी दुर्गा ढुंगेल बजगाईलाई हप्की दप्की गरेका थिए । दुर्गा श्रीमान युवराजलाईसँगै वडा कार्यालय लिएर सोमबार वडा कार्यालय गएकी थिइन । नागरिकता बनाउन चाहिने आवश्यक कागजातका विषयमा दुर्गाले जानकारी लिन खोज्दा अधिकारीले दुर्गालाई श्रीमान पनि ‘अकडो, श्रीमती पनि अकडो’ भन्दै विद्यालयले जन्म मिति प्रमाणित गरेको कागजात फालिदिएका थिए । 

दुर्गाले भनिन–‘तिमी बाठी नहोऊ, बुढा बुढी नै उस्तै रहेछौं, जन्म दर्ता लिएर आउनु अन्यथा काम हुँदैन’ भनेर दुव्र्यवहार गरेपछि हामी फर्किएका हौं । बाबु काँग्रेसमा प्रवेश गरेकै कारण वडाध्यक्ष अधिकारीले उनका छोरा–बुहारीलाई दुव्र्यवहार गरेको स्थानीय हिमप्रसाद तिम्सिनाले बताए । वडाध्यक्ष अधिकारी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ