arrow

चितवनका काँग्रेस नेता जोशी चिन्ताजनक अवस्थामा अस्पताल भर्ना

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
Cognress.jpg.jpeg
काठमाडौं। चितवन निवासी नेपाली काँग्रेसका पुराना नेता नारायणप्रसाद जोशी लामो समयदेखि अचेत अवस्थामा रहेपछि थप उपचारका लागि काठमाडौँं ल्याइएको छ । 
 
चितवनको भरतपुर अस्पतालमा एक हप्तासम्म आइसियुमा राखी उपचार गरेपनि सुधार हुन नसकेपछि उहाँलाई आज काठमाडौं ल्याइएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो । 
 
झण्डै १५ वर्षदेखि पक्षाघातबाट ग्रसित जोशी चितवनको टिकुलिगढस्थित आफ्नै घरमा बसिरहेका बेला एक हप्ता अगाडि बेहोस भएपछि भरतपुर अस्पताल लगिएको थियो । 
 
त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई आज काठमाडौँंको बालाजुस्थित जनमैत्री अस्पतालमा भर्ना गरिएको छ । नेता जोशीको अवस्था चिन्ताजनक रहेको पनि केसीले बताउनुभयो । 
 
नेपाली काँग्रेस पर्वतका पूर्व जिल्ला सभापति समेत रहेका ९२ वर्षीय जोशी प्रजातन्त्रका पक्षमा लड्दा तत्कालीन पञ्चायती शासकले सर्वस्वहरणसहित देश निकाला गरेपछि १४ वर्ष भारत निर्वासनमा बस्नुभएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ