arrow

यूवाहरुद्धारा ब्यवसायिक बाख्रा र कुखुरा पालन सुरु

logo
निर्मल खत्री
प्रकाशित २०७२ माघ ७ बिहिबार
palan-1.JPG.jpeg
म्याग्दी । म्याग्दीको परिबेशमा हेर्दा परिवारमा भएका यूवाहरु धेरै जस्तो बैदेशिक रोजगारमा जाने प्रचलन छ । त्यहि प्रचलनका बाबजुद पनि म्याग्दीको बेनी नगरपालिका–७ एक्लेखोरियामा चार जना युवाहरुले सामुहिक उद्यमशिलता सुरु गरेका छन् । बेनीका दिल बहादुर चर्माकार, सन्तोष श्रेष्ठ, मनवीर पुन र सन्दीप श्रेष्ठले सामुहिक लगानीमा बाख्रापालन र कुखुरापालन सुरु गरेका हुन् । 
 
चार जना युवाहरुले ‘हाम्रो कृषि फर्म’ स्थापना गरि व्यवसायिक बाख्रापालन र कुखुरापालन सुरु गरेको सञ्चालक सन्दीप श्रेष्ठले बताउनुभयो । ‘‘ गत बैशाखदेखि फर्म सञ्चालन गरेका हौँ, अहिले पहिलो पटक उत्पाद भएका १५ सय कुखुरा विक्रि गरिसकेका छौँ, सञ्चालक श्रेष्ठले भन्नुभयो । ’’पहिलो लटमा उत्पादन भएका कुखुरा विक्रिबाट रु २ लाख आम्दानी भएको उहाँले जानकारी दिनुभयो । फर्मका सञ्चालक चर्माकारको १३ रोपनी क्षेत्रफलको जग्गा र थप १० रोपनी जग्गा भाडामा लिएर सुरु गरेको फर्ममा कुखुरा र बाख्राको खोर निर्माण, अन्य भौतिक पूर्वाधार विस्तार र बाख्रा खरिदमा रु २२ लाख लगानी गरिसकेको सञ्चालकहरुको भनाई छ ।
 
उक्त फर्ममा अहिले पहिलो चरणमा ३७ वटा बाख्रा रहेका छन् । २ सय बाख्रा र ५ हजार कुखुरा पालन गर्न सक्ने क्षमताको पूर्वाधार तयार गर्ने काम भईरहेकाले छिट्टै कुखुरा र बाख्राको संख्या थप गर्दै लैजाने तयारी गरेको अर्का सञ्चालक दिल बहादुर चर्माकारले बताउनुभयो । बाख्रापानलाई सहज बनाउन उनीहरुले खाली र प्रयोगविहिन जग्गामा घाँस रोपण समेत गरेका छन् । फर्ममा उत्पादन गरिएका कुखुरा र बाख्रालाई म्याग्दीसंगै पर्वत, बाग्लुङ र मुस्ताङलाई समेत लक्षित बजारीकरण गरिने चर्माकारको भनाई छ ।
 
उक्त फर्ममा अहिले बाहिरी दुई जना व्यक्तिले समेत रोजगारि पाएका छन् । सदरमुकाम बेनी नजीकैको दरीमा रहेको एक्लेखोरियामा युवाहरुले स्थापना गरेको फर्मको पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले समेत अवलोकन गर्नुभएको छ । ‘‘युवाहरु नै मुलुकको विकासको सम्बाहक हुन,आफ्नै भूमीमा पशुपंक्षीको क्षेत्रमा लागेर आत्मनिर्भर बन्न खोज्नु सकारात्मक कुरा हो, यस्तो अभियानमा राज्यले समेत सहयोग गर्छ, उहाँले भन्नुभयो । ’’ राज्यमन्त्री लगायत जिल्ला पशुसेवा कार्यालयका कर्मचारीहरुको निरिक्षण पश्चात प्राप्त भएको सल्लाह र सुझाबले आफुहरुलाई थप उत्साहित बनाएका फर्मका सञ्चालकहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ