arrow

बलिउड नायिका दिपिका पदुकोणेलाई नाक काटिदिने धम्की !

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
Deepika_hamrakura.jpg

एजेन्सी। भारतमा पद्मावती चलचित्र माथिको बिवाद जारी रहेको छ। राजस्थानको राजपुत कर्नी सेना भन्ने संगठनले उक्त चलचित्रकी नायिका दिपिका पादुकोणेको नाक काट्ने धम्की दिएको छ। 

उक्त संगठनले भिडियो रिलिज गर्दै भनेको छ - 'राजपुतहरुले कहिल्यै महिलामाथी हात उठाउँदैनन् तर यदी परेको खण्डमा लक्ष्मणले सुर्णंखालाई जे गरेका थिए हामी पनी त्यही गर्नेछौं।' 

संजयलिला वंशाली निर्देशित चलचितर 'पद्मावती'लाई लिएर राजपुतहरुले लामो समयदेखि बिरोध गर्दै आएका छन्। पद्मावती रानीको भुमिकामा दिपिकाले अभिनय गरेकी छिन्। उनको चरित्रले चलचित्रमा छोटा लुगा लगाएको र नृत्य गरेको कुरामा अहिले बिरोध भेरहेको छ। 

यसअघि उक्त चलचित्रमा अण्डरवर्ल्ड डन दाउद ईब्राहिमको लगानी भएक आरोप पनि लगाईएको थियो। मुलत: राजपुतहरुको मनोभाव एवं ऐतिहासिक तथ्य तोडमोड गरेको भन्दै निर्देशक वंशालीमाथि पहिले पनि आक्रमण भैसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ