- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेइजिङ । भारतले १७ वर्षपछि मिस वल्र्डको ताज जितेको छ । निकै लामो समयपछि मिस वल्र्ड बन्ने क्रममा हरियाणा राज्यकी २० वर्षिया मानुषी छिल्लरले ताज पहिरिएकी हुन् ।
चीनको बेइजिङमा सम्पन्न ६७ औं मिस वल्र्ड प्रतियोगितामा १ सय ८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै छिल्लर उपाधी चुम्न सफल भएकी हुन् ।
सन् १९६६ पछि भारतका कुनै पनि सुन्दरीले मिस वल्र्डको उपाधी जितेको यो पहिलो पटक हो ।
छिल्लर दिल्लीमा रहेर एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत भविष्यकी डाक्टर हुन् ।
उनका बाबुआमा पनि डाक्टर नै छन् ।
उनले १०८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेकी हुन् ।
सन् २००० मा प्रियंका चोपडा मिस वल्र्ड बनेपछि भारतले उपाधि जित्न सकेको थिएन ।
योसंगै भारतले छैटौं पटक मिस वल्र्ड जितेको छ ।
यता, मिस वल्र्ड २०१७ मा नेपालका तर्फबाट सहभागी मिस नेपाल निकिता चन्दक भने उत्कृष्ट ४० को पहिलो राउण्डबाटै बाहिरिइन् ।