arrow

बंगबन्धु उपाधि भिडन्त : नेपाल भर्सेस बहराइन यू–२३, ‘२३ वर्षे उपाधि खडेरी अन्त्यको सुवर्ण मौका’

बलियो बहराइनलाई स्तब्ध पार्ला नेपाली युवा जमातले ?

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
Bangbhandhu-per.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटबलको उपाधिका लागि नेपालले शुक्रबार बहराइनको २३ वर्ष मुनिको टोलीसँग भेट गर्नेछ । राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रङ्गशालामा शुक्रबार ४ः४५ बजे हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । झण्डै १७ वर्षको अन्तरालमा अन्तर्राष्ट्रिय स्पर्धामा नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । 
 
यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो । बंगबन्धुको सेमिफाइनलमा नेपालले बलियो प्रतिस्पर्धी माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । समूह चरणको दोस्रो खेलमा नेपाली टोलीले श्रीलङ्कालाई हराउँदै २८ महिनापछि जितको खडेरी तोडेको थियो । ११औं साफ च्याम्पियनसिपमा बेहोरेको हारको बदला लिँदै नेपालले श्रीलंकालाई घर फर्कायो । यसअघि समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे मलेसिया र तेस्रो बङ्गलादेश विरुद्वको खेलमा गोल गोलरहित बराबरी खेलेको थियो । बहराइन सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । दुबै टोली पहिलो पटक बंगबन्धु गोल्डकपको फाइनलमा पुगेका हुन् । 
 
आसन्न दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै युवा जमात बटुलेर बंगलादेश पुगेको नेपालले प्रतियोगितामा सुखद प्रदर्शन गर्दै १७ वर्षपछि कुनै पनि औपचारिक फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो । सन् १९९३ पछि कुनैपनि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको नेपाली राष्ट्रिय टोलीले शुक्रबार उपाधि उचाले २३ वर्षदेखिको उपाधि खडेरीमा पूर्ण विराम लाग्ने छ । यद्यपि, तीन पटक सम्म हराएको बहराइनसंग जित निकाल्न कठिन छ । प्रशिक्षक बाल गोपाल महर्जन र युवा खेलाडी मेहनतले नै उपाधि जितिने भएकाले मैदानमा सबैको समन्वय खोजिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ