arrow

प्रकाश दाहालको निधनले मुलुक नै स्तव्ध, प्रधानमन्त्रीले दिए समवेदना 

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prakash-dahal.jpg

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनले मुलुक नै स्तव्ध भएको छ । 

प्रकाशको असामयिक निधनप्रति प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन् । 

देउवाले ट्वीटरमा ट्वीट गर्दै ‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ भनेका छन् । 

त्यसैगरी पूर्व स्वास्थ्य मन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य गगन थापाले ‘प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु। उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ! साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ! ’ भनेका छन् । 

त्यस्तै, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले, ‘पुर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु।व्यक्तिगतरुपमा उनि असल मानिस थिए।दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु।प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन।हार्दिक समवेदना ।’ भनेका छन् 

त्यस्तै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु !’ लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ