arrow

विमलेन्द्र निधि श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
bimalendra_nidhi_final.jpg

काठमाडौँ । छातीमा समस्या देखिएपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि सोमबार राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् ।  

श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकाल, राहुल पाठकसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । 

चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए । 

निधि सोमबार अपराह्न ४ः३० बजे अस्पताल पुगेका थिए । जनकपुरमा चुनाव प्रचारप्रसार गर्ने क्रममा श्वास फेर्न गाह्रो भएपछि उनी सोमबार नै काठमाडौं आएका थिए । 

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता निधि धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन् । 

ओम अस्पतालले विज्ञप्ति जारी गर्दै थप अनुसन्धानका लागि भर्ना गरिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ