arrow

सिन्धुलीमा विद्यालयको सिलान्यास

logo
नन्द ऋषि जैसी ।
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
umesh-shrestha-school-stonelaying.jpg

सिन्धुली । घाँसी आदर्श समाज नेपाल “घाँसी नेपाल”२०७२ साल बैशाख १२ र २९ को भुकम्पबाट प्रभावित भएका विद्यालय भवनहरुको पुननिर्माण कार्यलाई अभियानकै रुपमा अगाडि सारेको छ । 

विद्यालय पुननिर्माणका शिलसिलामा “घाँसी नेपाल”ले अहिले सम्म ६ वटा विद्यालय भवन पुननिर्माण गरिसकेको छ । 

स्माईल स्विडेन र समाजसेवि तथा शिक्षाविद् उमेश श्रेष्ठको सहयोगमा सिन्धुली जिल्लाको सुनकोशि गाउँपालिका–३ कालिमाटीस्थित विनायक निम्न माध्यमिक विद्यालय पुननिर्माणका लागी शिलान्यास कार्यक्रम भएको हो। 

कार्यक्रममा समाजसेवी उमेश श्रेष्ठले समाज विकासको लागी शिक्षा जुनसुकै मानिसको जीवन भएको ले यस क्षेत्रमा मन,बचन,कर्मले सहयोग गर्न आफु प्रतिबद्ध भएको बताए। 

घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले नागरिक शिक्षित नभइ देश विकास नहुने भएकाले सबैको लागी शिक्षा अनिवार्य गर्नुपर्ने बताए । 

कार्यक्रममा क्रेडिङ स्माइलका प्रतिनिधि लगाएत स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ