arrow

फिल्म महोत्सवमा एलपी देवकोटाको ‘कर्णाली मष्टो’

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
karnlai_masto2.png

जुम्ला । अन्तराष्ट्रिय लोक संगित फिल्म महोत्सवमा एलपी देवकोटाको कर्णाली मष्टो छनौट भएको छ । 

राजधानीमा मंसिर ६ गते देखि ९ गते सम्म संचालन हुने महोत्सवमा कर्णालीबाट वनेको पहिलो लोक संगित फिल्म छनौटमा परेको हो । 

लोक गित, लोक संगित, लोकवाजा, लोक संस्कृति, परम्परा, लोक जीवनका विविध पक्षको अध्ययन अनुसन्धान संगै प्रचार प्रसार गर्न अन्तराष्ट्रिय लोक संगित फिल्म महोत्सवमा हुन लागेको हो । 
कर्णालीमा तयार गरिएको पहिलो लोक संगित फिल्म कर्णाली मष्टो पनि प्रदर्शन हुने भएको छ । सुदुर पश्चिम र मध्यपश्चिमा मष्टो देवता लाई कुल देवताको रुपमा मान्ने गरिन्छ । 

मष्टो देवता सम्बन्धि तयार गरिएको फिल्ममा धामी नाच प्रस्तुत गरिएको छ । एउटा मुल धामीलाई कसरी वोलाइन्छ भन्ने प्रस्तुत गरिएको छ । 
सातौ संस्करणको यो महोत्सवमा नेपाल सहित विश्वका १८ मुलुकमा वनेका लोक संगीतसंग सम्बन्धित ३२ वटा बृत्तचित्र देखाइने छन् । 
सांस्कृतिक संस्थासंगको सहकार्यमा नेपाली लोक बाजा संग्रहालयले आयोजना गर्न लागेको महोत्सवमा नेपालबाट ८ वटा फिल्म छानिएका छन् । 

महोत्सवमा एलपी देवकोटाको ‘कर्णाली मोष्टो’, रेनू क्षेत्रीको ‘संकटमा भगवान’, तुलसी प्रभासको ‘गल्लाई लाहुरे लोक गीत’, चांचदनीकुमार मल्ल विष्टको ‘शक्ति द डिभाइन फिमेल पावर’, डिबी नेपालीको ‘हुड्के एण्ड दमाहा डान्स’, मार्टिन अर्चम्बल्टको ‘नेपाल एण्ड इन्डिया’, ‘म्युजिक एण्ड ट्राडिसन्स’, पशुराम राईको ‘परुसेवा’ र शंकरसिंह विष्ण्टको ‘सेक्रेड म्युजिक अफ द गडेस’ छ । 
विश्वका अन्य मुलुकमा लोक संस्कृतिको जगेर्ना कसरी भइरहेको छ भन्ने थाहा पाउन पनि महोत्सव आयोजना गरिएको हो । 

विश्वमा रहेका देशहरुले आफ्ना मौलिक लोक संस्कृतिको अध्ययन अनुसन्धान र संरक्षणको लागि के कस्ता कार्यहरु गरिरहेका छन् । 

मौलिक संस्कृति संरक्षण गर्न के कस्ता काम गनुृपर्ने रहेछ भन्ने अनुभव आदानप्रदान गर्ने थलोको रुपमा महोत्सवलाई आयोजकले लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ