arrow

अन्तिम खेलमा निरिह पाकिस्तान बिरुद्ध न्युजिल्याण्डको श्रृखंला कब्जा

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
newzealand_t_20.jpg.jpeg
एजेन्सी। न्युजिल्याण्डमा जारि पाकिस्तान बिरुद्दको टि-२० क्रिकेट श्रृखंला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा न्युजिल्याण्ड बिजयी भएको छ। श्रृखंलाको पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो तथा अन्तिम खेल जित्दै घरेलु टोली न्युजिल्याण्डले श्रृखंला २-१ले हात पारेको छ। 
 
टस हारेर पहिले ब्याटीङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रनको स्कोर खडा गरेको थियो। उसकालागि कोरी एण्डरसनले ४२ बलमा ४ छक्का र ६ चौकाको मदतले ८२ रन नट आउट बनाएका थिए। मार्टिन गुप्टिल र केन विलियमसनले ४२ र ३३ रन क्रमश: को योगदान दिएका थिए। गुप्टिलले १९ बलमा ४२ रन बनाएका थिए।
 
 पाकिस्तानकालागि वहाब रियाज र शाहिद आफ्रिदीले क्रमश: २ र १ विकेट लिएका थिए। 
 
न्युजिल्याण्डको आक्रमक बलिङका सामु पाकिस्तान ब्याट्सम्यान निरिह देखिएका थिए। एडम मिल्नेले ३.१ ओभरमा १ मेडेन सहित ८ रन खर्चेर ३ विकेट लिएका थिए भने ग्रान्ट ईलियटले २ ओभरमा ७ रन खर्चिंदै ३ विकेट हात पारेका थिए। त्यसैगरि कोरी एण्डरसनले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिएका थिए। 
 
पाकिस्तानकालागि विकेटकिपर ब्याट्सम्यान सरफराज अहमदले ४१ रनको सार्वाधिक योगदान दिएका थिए। अन्य ब्याट्सम्यानमा सोहेब मलिक (१४) बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकको योगफल बनाउन सकेनन्।
 
खेलका प्लेयर अप द म्याच कोरी एण्डरसन घोषित भए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ