कास्की । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबारको संसद बैठकबाट संशोधन प्रस्ताव पारित भएपछि तत्काल नाकाबन्दी हट्ने बताएका छन् । दाहालले संवाद र वार्तामार्फत मधेस आन्दोलन र थारु आन्दोलनलाई समाधान गर्ने समेत बताएका छन् । अध्यक्ष दाहालले मूल मुद्दा सिमाङ्कन रहेको बताउँदै राजनैतिक संयन्त्र बनाएर ३ महिनाभित्र समस्या समाधान गर्ने कुरामा मोटामोटी सहमति कायम भइसकेको बताए ।
४ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणका लागि पोखरा पुगेका दाहालले क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा भने, ‘यतिबेलाका जल्दो बल्दो वर्तमान समस्या मधेस आन्दोलन र नाकाबन्दी हो, संशोधन प्रस्ताव शनिबार पारित भएपछि नाकाबन्दीको समस्या पनि हल हुन्छ । अन्तर्राष्ट्रिय सन्धि अनुरुप व्यापार सहज हुनुपर्ने हो तर नाकाबन्दी कायमै छ, यो मधेस आन्दोलनसँग जोडिने विषय होइन ।’ यसको भित्रि सहस्य छ । दाहाल अन्तर्राष्ट्रिय व्यापार भारत निर्भर भएकामा असन्तोष छन् । यसअघि पनि प्रधानमन्त्रीलाई पहिलो चीन भ्रमण गर्न दबाब दिएका दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भारत भ्रमणको टुंगो लागि सक्ला समेत सन्तुष्ट छैनन् । दाहाल चीनसंग व्यापार साझेदारी अघि बढाउने पक्षमै रहेकाले वर्तमान नाकाबन्दीलाई मधेस आन्दोलनसंग जोडिएको समस्या मान्दैनन् ।
अन्तर्राष्ट्रिय सन्धि अनुरुप व्यापार सहज हुनुपर्ने हो तर नाकाबन्दी कायमै छ, यो मधेस आन्दोलनसँग जोडिने विषय होइन ।’ यसको भित्रि सहस्य छ । दाहाल अन्तर्राष्ट्रिय व्यापार भारत निर्भर भएकामा असन्तोष छन् । यसअघि पनि प्रधानमन्त्रीलाई पहिलो चीन भ्रमण गर्न दबाब दिएका दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भारत भ्रमणको टुंगो लागि सक्ला समेत सन्तुष्ट छैनन् । दाहाल चीनसंग व्यापार साझेदारी अघि बढाउने पक्षमै रहेकाले वर्तमान नाकाबन्दीलाई मधेस आन्दोलनसंग जोडिएको समस्या मान्दैनन् ।
अहिले नेपालको आवश्यकता राष्ट्रिय सहमतिको आवश्यकता हो भन्दै दाहालले सरकार गठन गर्दा नेपाली कांग्रेससहित सबै पार्टीहरु राष्ट्रिय सरकार बनाउनेमा एक भएको सुनाए । दाहालले संविधान संशोधनका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको आश्यकता औंल्याए । यद्यपि, दाहालले वर्तमान रुपान्तरित संसदले वाधा अड्काउ नफुके सम्म संविधान कार्यन्वयनको बाटो नखुल्ने कुरालाई सम्झिएनन् । विराटनगरमा घटेको घटना निकै दुखद र दुर्भाग्यपूर्ण घटना रहेको बताउँदै दाहालले यो घटनाबाट सवैले शिक्षा लिएर छिटोभन्दा छिटो सहमति गर्नुपर्दछ । सन्तुलित ढंगले वातावरणलाई सहजीकरण गर्नुपर्दछ –भने ।
दाहालले भने,‘१२ बुँदेबाट संविधान घोषणासम्म आउँदा यी मुद्दाका विषयहरु प्रश्न चिन्हका रुपमा खडा छ । यो केवल माओवादीसँग मात्र नभएर समग्र सुरक्षा निकायलाई समेत मुछ्न खोजिएको छ । युद्धकालका युद्ध सम्बन्धी सबै मुद्दाहरु टिआरसी अन्र्तगत हल गरिनुपर्दछ ।’
सबै राजनैतिक दलहरु राष्ट्रको निम्ति एक हुनु पर्ने बताएका दाहालले माओवादी पार्टीमा भएको विभाजनको औचित्य अझै पुष्टि नभएकाले एकता अनिवार्य छ–भने ।
दाहालले भनेका छन्,‘हामी माओवादी एकताको प्रयासमा लागि रहेका छौं । नयाँ शक्ति शब्द मात्र नयाँ राखिएको हो । त्यो भद्दा र पुरानो शक्ति हो । हामीले बाबुराम जीलाई रोक्न धेरै प्रयास गर्यौ र केन्द्रीय समितिबाटै फर्कन आग्रह गर्यौ तर फर्किनु भएन ।नयाँ शक्तिको हाम्रो पार्टीमा खास असर परेको छैन । हामी संगठनलाई पुनर्गठन गर्दै नयाँ उत्साहका साथ अगाडि बढेका छौं ।’दाहालले पोखराका बुद्धिजीवि र पर्यटन व्यवसायीसँग समेत छलफल गरेका छन् ।