नेपालको ऐतिहासिक जित, बंगबन्धु गोल्डकपको उपाधि कब्जा, २३ वर्षे उपाधि खडेरीमा पूर्णविराम
प्रकाशित २०७२ माघ ८ शुक्रबार
1.7k
Shares
काडमाडौं । बंगलादेशको राष्ट्रिय रंगशालामा नेपालले इतिहासकै शानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षे उपाधि खडेरी चिरेको छ । नेपालले बहराइनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै बंगबन्धु गोल्डकपको उपाधि कब्जा गरेको छ । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेलेको थियो । बंगबन्धुको सेमिफाइनलमा नेपालले बलियो प्रतिस्पर्धी माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि समूह चरणमा तीन खेल खेलेको नेपालले पहिलोे मलेसिया र तेस्रो बङ्गलादेश विरुद्वको खेलमा गोल गोलरहित बराबरी खेलेको थियो । बहराइन सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । दुबै टोली पहिलो पटक बंगबन्धु गोल्डकपको फाइनलमा पुगेका हुन् ।
नेपाल जित नजिक । पाँच मिनेट थप 18:38:47
नवयुगले गोल गरे । नेपालको तेस्रो गोल । 18:38:05
विशाल राईको गोल । नेपाल २–० ले अघि । ८८औं मिनेटमा नेपालको अर्को सफलता । 18:34:08
बहराइनका खेलाडीले आफु लडेपछि सुमन लामालाई तानेर लडाए । ८० मिनेटको खेल सकियो । दुवैलाई रेड कार्ड । नेपाल सुमन लामा र बहराइनका अहमद मैदानबाट बाहिरिए । 18:27:32
हेमन गुरुङ बाहिरिए । सुमन लामा मैदान प्रवेश । 18:22:19
नेपाली खेलाडीलाई लडाउने क्रम टुटेन । 18:16:27
६७ मिनेटको खेल सकियो । २४ मिनेट बाँकी । नेपाल १–० ले अघि । 18:13:27
प्रधानमन्त्री हशीनाले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्ने छन् । 18:12:20
बंगलादेशकी प्रधानमन्त्री शेख हशीना फुटबल हेर्न । बंगबन्धु मैदानमा । 18:10:46
नेपाल विजेता बने ५० हजार डलर र र उपविजेता बने २५ हजार डलर पाउने छ । नेपालले अहिलेसम्म कुैनै पनि प्रतियोगितामा यति ठुलो राशिको पुरस्कार हात पारेको छैन । 17:40:53
बल पोजिसन : नेपाल ४४% बहराइन ५६% 17:39:29
पहिलो हाफ सकियो । नेपाल १–० ले अघि । बहराइनका खेलाडी लडाउने रणनीतिमा । 17:38:01
विमललाई बहराइका खेलाडीले लडाए । 17:36:05
पहिलो हाफमा ३ मिनेट थप 17:33:57
बहराइनका अब्दुल अब्दुल्लाहले पहेंलो कार्ड पाए । 17:31:46
४१ मिनेटमा दुवै टोलीका खेलाडीको तनाव । 17:29:01
३७ मिनेटको खेल सकियो । 17:24:19
कमल श्रेष्ठ मैदान प्रवेश । रविन श्रेष्ठ बाहिरिए । नेपालको पहिलो परिवर्तन । 17:21:36
कप्तान विराज महर्जनले पहेंलो कार्ड पाए । 17:19:45
अदित्य चौधरीको उत्कृष्ठ बचाउ । 17:16:26
नेपाल दबाबमा । बहराइन ५५ प्रतिशत बल पोजिसनमा । नेपाल ४५ प्रतिशत । 17:14:41
नेपालको उत्कृष्ठ बचाउ । किपर विकेश कुथुले गोल बचाए । 17:10:53
नेपालले पाएको फ्रि किक सदुपयोग भएन । 17:08:24
१९ मिनेटको खेल सकियो । नेपाल आक्रामक । 17:06:05
सन् २००३ मा नेपालले बहराइनको मनामामा भएको फ्रेन्ड्ली खेलमा बहराइनको यू–२३ टिमसँग खेल्दा ३–० को हार बेहोरेको थियो । 17:02:39
विराज महर्जनको क्रस निकाल्दा अन्जन विष्टले हेड गरे, विमलले चौथो मिनेटमा गोल गरे । 17:01:14