डडेल्धुरा । प्रेस युनियन सुदूरपश्चिमका बिभिन्न शाखाहरुले सरकारलाई पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको जीवनी पठाएका छन् । कृष्णप्रसाद भट्टराईको नाममाआम सञ्चार प्रतिष्ठान गठनमा अनाश्वयक राजनीतिकरण गरी स्वर्गीय भट्टराईको सरकारले अबमूल्यन गरेको भन्दै सांखेतिक बिरोध स्वरुप सरकारलाई जिल्लाप्रशासनकार्यालय मार्फत् ज्ञापन पत्र पठाएका हुन् ।
नेपालपत्रकार महासंघका संस्थापक सभापतिको स्व. भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान गठनमा राजनीतिकण गर्दै सरकारले भट्टराईप्रति गरेको अपमानप्रति बिरोध जनाउदै सुदूरपश्चिमका सबै जिल्लाशाखामार्फत् जीवनी सहित ज्ञापन पत्रबुझाइएको प्रेस युनियनका सुदूरपश्चिम सयोजकलालबहादुर ऐरीले वताउनुभयो ।“सन्त नेताभट्टराइको योगदान पढ्न आग्रहगर्दै हामीले सरकारलाई उनको जीवनी पठाएका छौं” संयोजक ऐरीले भन्नुभयो–“उनको योगदानको अबमूल्यनगर्ने सरकारप्रतिहाम्रो खेद छ ।प्रतिष्ठानउनकै नाममा नबने मान्यहुदैन ।”
स्व. भट्टराई पत्रकार महासघका सस्थापकअध्यक्षभएको व्यहोरा समेत उल्लेख गरि आज एकैसाथ सबै जिल्लामा प्रेस युनियनले जिल्लाप्रशासनमार्फत प्रधानमन्त्रीको कार्यालयमार्फत भट्टराइको जीवनीर ज्ञापन पत्रबुझाईएको सयोजक ऐरीले वताउनुभयो । मुलुकका आमसचांरकर्मीको आशा र भरोसाकालागिनिर्माण हुने भनिएको आमसचांर प्रतिष्ठान पूर्णतानपाउदै पक्षपातढगंले सचारं क्षेत्रमावर्तमान सरकारले ल्याएको निराशा र प्रतिष्ठान गठनमा देखिएको हर्कत प्रति प्रेस युनियनको ध्यानआकर्षण भएको कुरा समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
सरकारले प्रतिष्ठानको नाम ससाेंधनगरि भट्टराईको नामहटाएर प्रजातन्त्रको धरोहर स्व. भट्टराईप्रतीअपमानहुने कार्य मात्रनगरेर सिगाें पत्रकार महासघंको ईतिहासनै मेटिने दिशामाजाने भन्दै उहाँको नाम वाटनै प्रतिष्ठान गठन गरिनु पर्नेमा प्रेस युनियनले जोड दिएको छ । फोटो ज्ञापन पत्र वुझाउदै पे्रस युनियनका क्षेत्रिय सयोपक लाल बहादुर ऐरी र जिल्ला अध्यक्ष टेकराज असस्थी बुझदै जिल्ला प्रसासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी प्रम प्रसाद लुईटेल ।