कालिकोट। नेपाली काँग्रेस कालिकोटका महाममिति सदस्य हिक्मत बहादुर बिष्टले आफू काँग्रेसभित्र बरिष्ठ नेता शेर बहादुर देउवातर्फ नै भएको प्रष्ट्याएका छन्। यही माघ ४ गते कालिकोटको काँग्रेस अबिधेसनबारे हाम्रो कुरा डट्कममा प्रकासित समाचारमा अन्यथा भएकोमा उनले त्यसलाई प्रष्ट पार्दै यस्तो बताएका हुन्।
समाचार समिक्षात्मकरुपमा लेखिएको भएतापनि सो समाचारका केही अंशमा आफ्ना बारेमा फरक तथ्य रहेको उनको भनाइ छ। महाधिबेशन प्रतिनिधि हिक्मत बिष्टले देउबा टिम छाडि तेश्रो टिम निर्माण गर्न लागेका छन् भनि उक्त समाचारको अंशप्रति असहमति जनाउँदै बिष्टले आफू देउवा समुहमा नै रहेको प्रष्ट पारेका हुन।
नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउबाको पक्षधर, शुभचिन्तक र समर्थक कार्यकर्ता रहे्कोमा गर्व गर्दै बिष्टले भनेका छन् 'मेरो बिश्वास र आस्थामा म अटल छु। कसैको कुनै कुरा बाट म बिचलित हुने छैन।'