काडमाडौं। बंगलादेशको राष्ट्रिय रंगशालामा नेपालले नेपाली फुटबल इतिहासकै शानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षे उपाधि खडेरी चिरेको छ। नेपालले बहराइनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै बंगबन्धु गोल्डकपको उपाधि कब्जा गरेको छ। नेपाललाई ऐतिहासिक जित दिलाउन विमल घर्तिमगर, विशाल राई र गोल्डेन ब्वाइ नवयुग श्रेष्ठले एक–एक गोल गरे।
सन् २००३ मा नेपालले बहराइनको मनामामा भएको मैत्रीपूर्ण फुटबलमा बहराइनको यू–२३ टिमसँग ३–० ले हारेको बदला समेत लिएको छ। बंगबन्धु गोल्डकप च्याम्पियन नेपालले ५० हजार डलर पाउने छ। पुरस्कार दिने बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बंगबन्धु मैदान पुगेकी छन्। उपविजेता बहराइनले २५ हजार डलर पाउने छ। नेपालले हाल सम्म कुैपनि प्रतियोगितामा यत्रो ठूलो राशिको पुरस्कार प्राप्त गरेको छैन।