arrow

रिन्यू नगरी संचालित डेण्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द 

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
nepalgunj-sub-metro.png

नेपालगञ्ज । बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेको नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ । 

जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको हो । 

यहाँको बिपी चोकस्थित बिन्दवासिनी मेडिकल हल र बाँके डेन्टल क्लिनिकको कारोबार बन्द गरेको हो । 

अनुगमन टोलीले यहाँका अधिकांश औषधि पसल र क्लिनिकमा फारमेसिस्ट व्यवसायी नभई अन्य कर्मचारीले औषधि बेच्ने गरेको, औषधिको रेकर्ड नराखेको र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको फेला पारेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ