arrow

पूर्व युवराज पारसद्धारा मोबाइल मेला उद्घाटन

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
paras-mobile.jpg.jpeg
ललितपुर। ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले शुभारम्भको अवसर पारेर आयोजना गरेको मोबाईल मेला आजदेखि शुरु भएको छ। कम्प्लेक्सको ग्राण्ड ओपनिंगको अवसर पारेर यहि माघ ८ गते शुक्रबारदेखि माघ १६ गतेसम्म तद्अनुसार जनवरी २२ तारिखदेखि जनवरी ३० तारिखसम्म आयोजना हुने नेपालकै सबैभन्दा ठूलो मोबाइल मेला एक कार्यक्रमका बिच पूर्व यूवराज पारस विक्रम शाहले उद्घाटन गरेका छन्। 
 
ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको भन्दै कम्प्लेक्सको भव्य शुभारम्भको अवसर पारेर मोबाइल मेला गर्न लागिएको जानकारी दिए। आजदेखि शुरु भएको मोबाइल मेलाको पहिलो दिन करिब ३० हजार व्यक्तिले अवलोकन गरेका छन् ।
 
अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा सुविधाहरु एकै स्थानबाट प्रदान गर्दै आएको छ । 
 
मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । मेलाको अवधिभर कुनैपनि मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन भने एसेसरिजमा ५५ प्रतिशतसम्मको छुट दिईनेछ । त्यसैगरी कुनैपनि मोबाइल तथा ग्याजेटस् सर्भिस गरेबापत सर्भिसमा २५ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ