arrow

‘कर्णाली मष्टो’लाई बेष्ट फिल्म अवार्ड 

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
karnlai-masto-best-film.jpg

काठमाडौं। मध्य तथा सुदुर पश्चिमका मानिसले मान्ने कुल देवता मष्टोको वारे तयार गरिएको कर्णाली मष्टो फिल्मले वेष्ट फिल्म अवार्ड पाएको छ। 

लोक बाजा संग्रालयले आयोजना गरको सातौ अन्तराष्ट्रिय लोक संगित फिल्म महोत्सवमा एलपी देवकोटाले निर्देशन गरेको कर्णाली मष्टोले बेष्ट नेपाली फिल्म अवार्ड पाएको हो । यो कर्णालीबाट वनेको पहिलो लोक संगित फिल्म हो । 

नेपाली भाषा संस्कृतिको उद्गम स्थल कर्णाली को सिंजामा यो फिल्म तयार गरिएको हो । 

नेपालको तर्फबाट वेष्ट फिल्म अवार्ड प्राप्त गरेको कर्णाली मष्टो फिल्मलाई एलपी देवकोटाले निर्देशन गरेका छन् भने प्रकाश उपाध्यायले छायाङ्गकन गरेका हुन् । 

यसमा धामीहरुले धानमा नाच्ने नाच प्रस्तुत गरिएको छ । लोप हुन लागेको सुनाइ, दमाया, झ्याली लगायतका वाजाहरुको पनि प्रयोग गरिएको छ । 

मंसिर ६ गते बाट काठमाण्डौको राष्ट्रिय नाचघर जमलमा संचालन भएको अन्तराष्ट्रिय फिल्म महोत्सव शनिवार समापन भएको छ ।

लोक गित, लोक संगित, लोकवाजा, लोक संस्कृति, परम्परा, लोक जीवनका विविध पक्षको अध्ययन अनुसन्धानसंगै प्रचार प्रसार गर्न लोकवाजा संग्राहलयले अन्तराष्ट्रिय लोक संगित फिल्म महोत्सवको आयोजना गरेको थियो । 

महोत्सवमा विश्वका विभिन्न १८ मुलुकमा वनेका लोक संगीतसंग सम्बन्धित ३२ बटा फिल्म प्रस्तुत गरिएको थियो ।  त्यस मध्यका केहि उत्कृष्ट फिल्महरुलाई विभिन्न विद्यामा अवार्ड गरिएको छ । 

समापनका क्रममा प्रा.डा.तुलसी दिवसलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ