arrow

पत्रकार आचारसंहिता परिमार्जन तयारीमा

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
पत्रकार-आचारसंहिता.jpg.jpeg
काठमाडौं। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०६० (संशोधित तथा परिमार्जित, २०६४) लाई परिमार्जन गरी ‘नेपालको पत्रकार आचारसंहिता, २०७२ जारी गर्ने तयारी गरेको छ । नागरिकको आधारभूत अधिकार विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रताको संरक्षण, सम्बद्र्धन र प्रचलनका निम्ति पत्रकारिताका सिद्धान्त, मूल्यमान्यता र अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासका आधारमा सबै प्रकारका सञ्चारमाध्यम (रेडियो, टिभी, अनलाइन र छापामाध्यम) र सबै पत्रकारलाई लागू हुने गरी मौजुदा आचारसंहितामा परिमार्जन गर्न आवश्यक भएकाले आचारसंहिता, २०७२ जारी गरिने जनाइएको छ । 
 
काउन्सिलले नेपाल पत्रकार महासङ्घ, विज्ञ तथा सम्बन्धित निकायको सल्लाह र सुझावमा पत्रकारिताको अभ्यासलाई उच्च व्यावसायिक, मर्यादित, जवाफदेही एवम् उत्तरदायी बनाई राष्ट्र र समाजको सर्वोत्तम हित गर्नका लागि काउन्सिल ऐन, २०४८ ले दिएको अधिकार प्रयोग गरी नयाँ आचारसंहिता जारी गर्न लागिएको काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार त्यसका लागि विज्ञ तथा सम्बन्धित सङ्घसंस्थासँग छलफल भइरहेको छ । 
 
आचारसंहिता, २०६० मा पत्रकार तथा सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने ११ बुँदा र गर्न नहुने १४ बुँदा गरी २५ बुँदे आचारसंहिता समावेश गरिएको छ । तर अहिले त्यसलाई परिमार्जन तथा थपघट गरी पालना गर्नुपर्ने ३० बुँदा र गर्न नहुने नौ बुँदा गरी ३९ बुँदे आचारसंहिता जारी गर्ने तयारी भएको छ । 



नयाँ