काठमाडौं ।बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् । बहराइनको २३ वर्षमुनिको टोलीलाई ३–० ले हराएर नेपाली टिमले सफलता हात पारेको भन्दै प्रधानमन्त्री ओलीले खेलाडीलाई बधाइ दिएका हुन् ।
साथै उनले खेल प्रशिक्षकलाई पनि धन्यवाद प्रकट गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने विश्वास दिलाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । नेपालले शुक्रबार भएको फाइनलमा बहराईलाई हराएर २३ वर्षपछि फुटबलको अन्तर्राष्ट्रिय पदक जितेको थियो ।