arrow

खेलाडी आउने बेला आज विमानस्थलमा थामीनसक्नु हुने

राष्ट्रपति र प्रधानमन्त्री पनि जानु पर्ने माग

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
nepal-FNL-bangu.jpg.jpeg
काठमाडौं । २३ वर्षपछि नेपाललाई अन्तराष्ट्रियस्तरको उपाधि दिलाउने नेपाली फुटवल खेलाडी आज स्वदेश फर्किने भएपछि उनीहरुको स्वागतको भव्य तयारी भईरहेको छ । 
 
बंगलादेशमा रहेको नेपाली राष्ट्रिय फुटवल टिम आज शनिबार दिउँसो १ बजे स्वदेश फर्कने भएको हो । ऐतिहासिक जित हात पार्दै स्वदेश फर्किन लागेको नेपाली टोलीलाई स्वागत गर्न, बधाई दिन र खुशी साटासाट गर्न सुवेच्छुकहरुको ठुलो भिड लाग्ने भएको छ ।  
 
टोलीलाई भव्य स्वागका लागि उच्चपदस्थ सरकारी अधिकारीहरु समेत दिउँसो १ बजे विमानस्थल पुग्नुुहुने एन्फाले जनाएको छ । खेल प्रशंसकहरुले भने उनीहरुलाई स्वागत र सम्मान गर्न राष्ट्रपति, प्रधानमन्त्री लगायतका व्यक्तिहरु पनि विमानस्थलमा जानु पर्ने माग गरेका छन् ।
 
विमानस्थलमा एन्फाले खेलाडीलाई विशेष स्वागत तथा सम्मान गर्ने तयारी गरेको छ ।
 
विमानस्थलमा खेल प्रशंसकहरुको पनि ठूलै भिड लाग्ने अनुमान गर्दै प्रहरीले पनि सुरक्षा व्यवस्थाको तयारी गरेको जनाएको छ।
 
बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपालले फाइनलमा बहराइनलाई तीन शुन्यले हराएर अन्तराष्ट्रियस्तरको उपाधी जितेर आज स्वदेश फर्किन लागेको हो ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ