arrow

एमालेको मुखपत्रका प्राविधिक सम्पादक नयाँ शक्तिमा?

कपन अनलाइन मिडिया प्रालिका अध्यक्ष हुन आशिष गुरागाइँ

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
aashish-guragain.jpg.jpeg
काठमाडौँ। डा. बाबुराम भट्टराइको बहुप्रतिक्षित नयाँशक्तिले देशभरी संगठन विस्तार गर्दैछ। पूर्व कम्यूनिस्टहरु एकतित्र हुँदै गैरहेको नयाँ शक्तिमा अन्य पार्टीका धेरै नेता तथा कार्यकर्ताहरुरु पनि आकर्षित भएको बताइन्छ। वर्तमान राजनीतिबाट दिक्दार भएका धेरै मानिसहरु नयाँ शक्तितिर आकर्षित छन्।
 
काठमाडौंको उत्तरी भेकमा लोकप्रिय रहेको कपन अनलाइन मिडिया प्रालिका अध्यक्ष आशिष गुरागाइँ नयाँ शक्तिमा प्रवेश गर्न लागेका छन्। हाल एमालेको राजनीतिमा सक्रिय गुरागाइँ जनयुद्धताका बाबुराम भट्टराई निकट रही माओवादी आन्दोलनमा सक्रिय थिए। उनी माओवादीबाट एमालेमा प्रवेश पछि एमालेलाई डिजिटलाइज गर्न ठूलो भूमिका खेलेका थिए। उनकै पहलमा एमालेको डिजिटल मुखपत्र रातोसूर्य प्रकाशन भएको छ भने अनलाइनमार्फत इतिहासमै पहिलोपटक एमाले प्रतिनिधि परिषद्को प्रत्यक्ष प्रशारण गरेर देशविदेशमा चर्चा पाएका थिए। गुरागाइँकै पहलमा नेकपा एमालेको अडियो बिधानसमेत बनेका थियो। गुरागाई हाल प्रेस चौतारी नेपालको अन्चल प्रतिष्ठान सदस्य समेत रहेका छन्।
 
अनलाइन मिडिया प्रालिका अध्यक्ष आशिष गुरागाइँ नयाँ शक्तिमा प्रवेश गर्न लागेका छन्।
 
एमालेमा निकै सक्रिय रहेका आशिष गुरागाइँ नयाँशक्तिमा महत्वपूर्ण जिम्मेवारीमा जान लागेका हुन्। डा. भट्टराई प्रम हुँदा प्रेस सल्लाहकार रहेका अर्जुन थपलियासँग पछिल्ला दिन उनको उठबसले एमाले र प्रेस चौतारीमा पनि चर्चा भएको छ।
 
एमालेले उनलाई सम्झाउन तथा मिलाउन एक समिति नै बनाएको छ। बाबुराम भट्टराईले उनलाई फेरि आफ्नो शक्तिमा स्वागत गर्न आतुर भइरहँदा एमालेको कपनमा पनि उनलाई एमालेमै टिकाइराख्न के कस्तो हतकण्डा अपनाउन सकिन्छ भनेर योजना बनेको बताइन्छ। गुरागाईले अहिले नै नयाँ शक्तिमा प्रवेश नभएपनि समयक्रममा यस्को बारेमा प्रष्ट हुन् बताएका छन्। उनको यो अभिव्यक्तिले पनि उनी एमालेलाई बाइबाई गर्दै नयाँ शक्तिमा जाने तयारीमा रहेको बुझ्न भने गाह्रो पर्दैन। 



नयाँ