arrow

चौधरीको मत माग्ने फरक शैलीका कारण स्थानीय उत्साहित 

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
chaudhary_(2).jpg

नवलपरासी । नेपाली कांग्रेसका नेता बिनोद चौधरी मतदाता सामु प्रचारमा जाँदा अरु नेताहरु भन्दा भिन्न शैली अपनाएका कारण चर्चामा छन् । उनले नवलपरासीको पहाडी भेगमा मतदाता सामु पुग्दा त्यहाँ गाउँलेले नै तत्काल गर्न सक्ने योजनाका खाका प्रस्तुत गरेर त्यसमा आफुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

पुर्वी नवलपरासीको दूर्गम पहाडी भाग र नारायणी नदीसँग जोडिएका क्षेत्रको बिकासकालागि दीर्घकालिन खाका प्रस्तुत गरेका छन् । नवलपरासीको पहाडी गाउँमा चुनाव प्रचारकालागि खटिएका चौधरीले स्थानीयसँगको सहकार्यमा, सरकारी र गैरसरकारी संघसंस्थाको सहयोगवाट जीवनस्तर उकास्ने र स्थानीय विकासमा टेवा पुग्ने खाका प्रस्तुत गरेका छन् । 


त्यसले दीर्घकालिन विकासको लक्ष्य प्राप्त गर्ने र तत्काल आय मुलुक आम्दानीले रोजगारीका अवसर सिर्जनागर्ने खाका उनले अघि सारेका हुन् । निर्वाचन प्रचारकाक्रममा जनताको घरदैलो चहारेका चौधरी पहाडको मनोरम दृश्य र त्यहाँको कृषि उत्पादनवाट आफू उत्साहित रहेको बताउने गरेका छन् । पर्यटन र आर्गानिक उत्पादन सँगसँगै अघि बढाउन उनले जोड दिएका छन् । अन्य सबै नेताहरुले बाटो घाटो, पुल पुलेसा र विकास निमार्णको बारेमा नथाक्ने गरी भाषण गरिरहँदा चौधरी भने त्यहिँका गाउँलेसँग तत्काल गर्न सकिने स्थानीय उत्पादनका बारेमा छलफलमा सक्रिय रहेका छन् ।  

नवलपरासीको साबिका १७ वटा गाबिस दूर्गम पहाडमा पर्दछ । कालिगण्डकीको किनारमा रहेका ती उच्च पहाडी भेगबाट हिम श्रृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । महेन्द्र राजमार्गवाट उत्तरतिरको १५ किलोमिटर पहाडी क्षेत्रवाट उच्च हिमश्रृश्रङ्खलाको मनोरम दृश्य देखिने भएकाले यो क्षेत्रमा पर्यटन पूर्वाधारमा धेरैकाम गर्न सकिने योजना चौधरीले अघि सारेका छन् । ती योजनाको कार्यान्वयनबाट पहाडमा उत्पादन बढाउने र रोजगारीका अवसर समेत बढ्ने भएकाले जीवनयापनमा सहयोग पुग्ने उनको बिश्वास छ ।  

त्यसकालागि निजी र सरकारी योजना अनुसारका काम गर्नकालागि पहाडी भेगलाई प्राङ्गारिक बगँैचा, प्राङ्गारिक भिलेज र कल्चरल भिलेजका रुपमा तत्कालीन र दीर्घकालिन योजना सहित अघि बढनपर्ने खाका चौधरीले प्रस्तुत गरेका छन्।


नवलपरासीको पहाडी भेगमा सुन्तला, अदुवा, कागती र जडिबुटीको राम्रो उत्पादन हुने क्षेत्र भएकाले त्यसको ब्यबसायिक उत्पादनमा जोड दिने योजना अघि सारेका छन् । ती उत्पादनको ब्यबसायीकरण र सँगै बढी मूल्यका चेरी, एभोकार्डो, क्यूबी लगायतको उत्पादन बढाउन र ब्यबसायिकरण गरेर स्थानीय रोजगारी र आयस्तर बृद्धिकालागि काम गनुपर्ने उनको योजना छ । 

पहाडमा मगर समुदायको संस्कृतिसंग जोडिएर  परम्परागत र कल्चरल भिलेजकारुपमा बिकास गरेर पर्यटककालागि छुटै गन्तब्य बनाउन पर्ने खाका उनले प्रस्तुत गरेका छन् । त्यसकालागि आफुले स्थानीय निकाय, जिल्ला समन्वय समिति र कृषि मन्त्रालयको एकीकृत उत्पादन योजना लागु गर्ने उनको प्रस्ताब छ । 

पहाडी क्षेत्रको आर्गेनिक उत्पादनलाई बढवा, बढी मुल्यमा बिक्रि हुने फलफुल र तरकारी उतपादनलाई जोडदिने र पर्यटनको बजारीकरणले स्थानीयको जीवनस्तर उकास्न मद्दत पुग्ने योजना उनले अघि सारेका छन् । 
२०६४ सालमा सांसद हुँदा नवलपरासीको एकीकृत विकासकालागि विस्तृत कार्ययोजना अघि सारेर चर्चामा रहेका उद्योगपति विनोद चौधरीले आफू कांग्रेसकालागि जनताको घर दैलोगर्दा पहाडी विकासका दीर्घकालीन योजना समेतका तत्काल गर्न सकिने खाका प्रस्तुत गरेका हुन । उनको योजनालाई कृषि क्षेत्रका विज्ञहरुले सकारात्मक र गर्न सकिने योजना भनेर प्रशंसा समेत गरेका छन् । 

नवलपरासीको बुलिंटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले चौधरीले अघि सारेका पहाडी क्षेत्रमा उत्पादनसँग जोडिएको योजनावाट आफू आशावादी भएको र त्यसले पहाडवाट मधेशमा बसाई सराईको क्रमलाई समेत नियन्त्रण गर्ने बताउछन् । 

चौधरीले अघि सारेका योजनामा आफुले सहकार्य गर्ने प्रतिबद्धता उनले जनाए । पहाडमा हुने गरेको परम्परागत खेती प्रणालीलाई क्रमश बिस्थापित गरेर दीर्घकालीन योजना सहित आर्गेनिक र ब्यबसायिक उत्पादन सके पहाडीया जीवन कायापलट हुने उनको विश्वास रहेको छ । 

पहाडी भेगमा मतदाता सामु चौधरीले नयाँ बिकास निमार्णका कुराभन्दा स्थानीय ब्यबसायिक उत्पादन बृद्धिका कुरा गर्दा समेत मन्त्रमुग्ध भएर आशाबादी नजरले हेर्ने गरेका छन् र उत्साहित पनि देखिन्छन । 
कांग्रेसको बिकास तथा समृद्धि उपसमितिका संयोजक चौधरी दुईसातादेखि नवलपरासीको पहाडी भेगमा चुनाव प्रचारमा खटिएको अबस्थामा पहाडी भेगका जनतासँग उनीहरुको जीवनस्तर उकास्ने बिषयमा छलफलमा सकृय रहेका छन् । मतदातासँग अन्तरकृया र भेटघाटमा स्थानीय उत्पादनको योजनाको चर्चा गरेका कारण स्थानीयबीच चौधरी लोकप्रिय देखिएका छन् । स्थानीय र गर्दै रहेका कृषि उत्पादनबाट बढी र छिटो फाइदा लिन सकिने चौधरीको योजनावाट स्थानीय उत्साहित देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ