arrow

मैले एकजना नक्कली सुकुम्बासीलाई लालपूर्जा वितरण गरेको छैन : लालबाबु (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
Lalbabu-Pandit.jpg.jpeg

मोरङ-६ निर्वाचन क्षेत्रमा वाम गठबन्धनले लालबाबु पण्डितलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसबाट डा। शेखर कोइराला उम्मेदवार बनेका छन् । यी दुवै हेभिवेट उम्मेदवार भएको विश्लेषण गरिएको छ । वाम गठबन्धनका उम्मेदवार पण्डितले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । पण्डितले आफू गरिब, किसान र मजदुरको नेता भएकाले जनताले मत दिने बताएका छन् । उनीसँग गरिएको कुराकानीः

० कस्तो प्रचार प्रसारको शैली अपनाउनु भएको छ ?
– घरदैलो कार्यक्रमसहित प्रत्येक मतदाता कहाँ पुग्ने प्रयास गरिरहेको छु । प्रत्येक गाउँ टोलीमा जनताको माँझ पुगेर विश्वासको मत माग्दैछु । कोणसभा, सानातिना र केही ठूलो सभा गरेर जनताको विश्वास जित्ने प्रयासमा छु ।

० मतदाताको अपेक्षा के पाउनुभयो ?
– मतदाताको अपेक्षा भनेको विकास नै हो । विगतमा जनप्रतिनिधि जितेर गएपछि सम्पर्कमा आएनन्, विकासको काममा ध्यान दिएनन् । संकट पर्दा लुके । हाम्रो ठाउँको सडक कहिले निर्माण हुन्छ, भत्केको घर कहिले बन्छ, सुकुम्बासीले कहिले जग्गा पाउँछन्, कसरी नदी नियन्त्रण हुन्छ, व्यवस्थित बसोबास कसरी हुन्छ । शिक्षा, स्वास्थ्य र कतिपय ठाउँमा विजुली बत्तीलगायत धेरै कुरामा जनताले चासो राखेका छन् ।

० सुकुम्बासी आयोगको अध्यक्ष हुँदा तपाईंले जग्गा बिनाको लालपूर्जा बाँड्नु भएको होइन ?
– २०५१ सालमा नेकपा एमालेको ९ महिने सरकार बन्दा म मोरङको सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष थिएँ । त्यसबेला झन्डै ६ हजार ४ सय जति लालपूर्जा वितरण भएको थियो । जग्गा देखाएर लालपूर्जा वितरण भएको थियो । ९ महिने सरकार ढल्यो । सरकार ढलेको छैटौं दिनमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । देउवा प्रधानमन्त्री भएको छैटौं दिन नै देशभरिको सुकुम्बासी आयोग विघटन गरियो ।

आयोग विघटन भएपछि त्यो कागजपत्र मालपोत कार्यालयमा पोको पारेर राखियो । काम भइसकेपश्चात पनि प्रकृया पुर्‍याउने काम अधुरो रह्यो । जहिले हामी सुकुम्बासीको काम थालनी गछौं, कांग्रेसले अवरोध सिर्जना गर्छ । सुकुम्बासी वामपन्थी विचार बोकेर आउँछन, त्यसैकारण आफू हारिने भएकाले कांग्रेसले काम गर्न पनि दिदैन र आफू पनि काम गर्दैन । चुनावको बेला आएपछि आयोग नक्कली, पूर्जा नक्कली भनेर प्रचार गरिन्छ । सरकारले बनाएको आयोग नक्कली, कार्यालय नक्कली हो भने सक्कली के हुन्छ मैले भन्ने गरेको छु । त्यो झुटा प्रचार हो, त्यो प्रचारलाई जनताले विश्वास गरेका छैनन् ।

० नक्कली सुकुम्बासी सक्कली पूर्जा वितरण गरेको भन्ने आरोपको कसरी खण्डन गर्नुहुन्छ ?
– एकजना नक्कली सुकुम्बासीलाई पूर्जा वितरण गरिएको छैन । त्यसबेला दुई किसिमको थियो, अव्यवस्थित बसोबासलाई व्यवस्थित जग्गा र सुकुम्बासीलाई बढीमा ५ कठ्ठासम्मको जग्गा दिने प्रावधान दिइएको थियो । त्यो जग्गा २५ वर्षसम्म बेच्न पाइँदैन थियो । जे निर्णय हो, त्यहीअनुरुप काम भएको हो ।

० राजनीति संस्कारहिन बन्दै गएको हो ?
– नेपाली कांग्रेस राजनीतिमा संस्कारहिन बन्दै गएको छ । ०४८ सालको निर्वाचनमा बामपन्थीले जित्यो भने बुढाबुढीलाई गोली ठोक्छ, सामूहिक भात खानुपर्छ, निजी सम्पत्ति रहन दिँदैन भन्दै कांग्रेसले प्रचार गरेको हो कि होइन रु त्यही ०५१ सालमा वृद्धाभत्ता सुरु भयो, कांग्रेसले यो ठीक भएन कटौती गर्छौ भने । अर्कोतिर आफ्नो गाउँ आफै बनाउ कार्यक्रमअन्तर्गत सुरुमा एक पैसा पनि नपाउने गाविसलाई ३ लाख रुपैयाँ दिँदा डा। रामशरण महत होइनन, कनिका छरेर एमालेले विकास गर्न खोज्यो भन्ने रु पछि सरकार परिवर्तन भएपछि कांग्रेसले आफ्नो गाउँ आफै बनाउ शीर्ष हटाए, तर पैसा रोक्न सकेनन् ।

जनता आभास कार्यक्रम एमालेले ल्यायो, त्यसरी गरिबको घर बनाइदिन सम्भव छ भनेर कांग्रेसले विरोध गर्‍यो । अहिले पनि वामपन्थी गठबन्धनले जित्यो भने निजी सम्पत्ति रहँदैन, नेपालमा अधिनायकवाद लागू हुन्छ, अनि कोही सुत्न पनि पाउँदैनन जस्ता जाली कुराहरु कांग्रेसले कहाँबाट सिकेर आउँछ रु कांग्रेसको बुद्धि पलाएको हो कि बुद्धि हराएको हो रु कांग्रेसले खाली उल्टो कुरा मात्र गर्छ । सुकुम्बासीका बारेमा पनि कांग्रेसले उल्टो कुरा गर्छ । त्यसकारण मोरङ–६ का जनताले मालिकलाई जिताउने कि जनताको सुखदुखमा साथ दिने, मजदुर किसानका नेता लालबाबु पण्डितलाई जिताउने भन्ने चुनावी मैदानमा यो वातावरण छ । पैसाको आधारले जित्न आधार यसपटक भत्केको छ, जनताको व्यापक सहयोग र समर्थनले म यो चुनाव जित्दैछु ।

० सस्तो प्रचारका लागि साइकिलमा मत माग्दै हिड्नु हुन्छ अरे नि ?
– मैले २०४८ सालको चुनावमा पनि साइकल नै प्रयोग गरें, त्यसयताका सम्पूर्ण निर्वाचनमा मेरो प्रिय साधन साइकल नै प्रयोग गर्छु । मन्त्री हुँदा पनि साइकललाई नै प्राथमिकता दिएँ । त्यसकारण साइकललाई अपमान गर्ने काम कसैले नगरोस् । साइकललाई नक्कली ब्राण्ड बनाएर मलाई केही गर्नु छैन । मेरा प्रतिद्वन्द्वीको टेलिभिजन अन्तर्वार्ता हेरें, उनले भने, लालबाबु पण्डितको नाम मैले सुनेको, देखेको र चिनेको छैन । सारा नेपालीले लालबाबुलाई चिन्छन् । मोरङबाट पटक पटक चुनाव जितेर गएको धेरैले चिन्छन्, तर मेरा प्रतिद्वन्द्वीले मलाई मात्र होइन जनतालाई होच्याएर लालबाबुलाई चिनेको, सुनेको छैन भन्छन् । –janatamedia.com.npबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ