arrow

भट्टराईको नाम हटाउनु प्रजातन्त्रवादी माथि प्रहारः बद्री सिग्देल

सरकारले आफूहरुको माग प्रति वेवास्ता गरे कडा भन्दा कडा आन्दोलन गर्ने सिग्देलको चेतावनी छ ।

logo
यादव आचार्य, बर्दिया
प्रकाशित २०७२ माघ ९ शनिबार
Bardiya.jpg.jpeg
पूर्व सरकारको संसदले निर्णय गरेको कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठानबाट प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताका राजनेता कृष्णप्रसाद भट्टराईको नाम हटाएर वर्तमान सरकारले प्रजातन्त्रवादी माथी प्रहार गरेको नेपाल प्रेस युनियनका अध्यक्ष वद्री सिग्देलले वताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाको साधारणसभाको उद्घाटन सत्रका विशेष अतिथी सिग्देलले भट्टराईको नाम हटाउने गलत निर्णय प्रति आक्रोष पोख्दै सरकारको गलत निर्णयको घोर भत्र्सना र निन्दा गर्दै निर्णय सच्चाउन माग गरेका छन् ।सरकारले सरकारी सञ्चारमाध्यम हरुमा आस्थाका आधारमा पत्रकार फेरवदल गर्ने परिपाटी गलत भएको वताउँदै कुनै पनि सञ्चारकर्मीलाई आस्थाकै कारणले सञ्चारमाध्यममा काम गर्ने अवसरबाट बञ्चित नगर्न आग्रह गरे । सरकारले आफूहरुको माग प्रति वेवास्ता गरे कडा भन्दा कडा आन्दोलन गर्ने सिग्देलको चेतावनी छ ।

कार्यक्रमका अर्का विषेश अतिथि नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीर जंग शाहले कृष्ण प्रसाद भट्टराईको नाम हटाएर सरकारले प्रेस जगतकै अपमान गरेको उनको आरोप छ । लोकतान्त्रिक पत्रकार हरुले वामपन्थी पत्रकारहरुको सम्मानमा कुनै कञ्जुस्याई नगरेको स्मरण गराउँदै पत्रकार महासंघका संस्थापक अध्यक्षको नाम प्रतिष्ठानमा जोड्न सवैले सहयोग गर्नुपर्ने उनको जिकिर छ ।

पत्रकारिता पेशा गर्ने साथीहरुका विचको सानो मनोमलिन्य छाड्नु पर्ने वताउँदै शाहले प्रजातान्त्रिक मुल्यमान्यता र सिद्धान्त वोकेका पत्रकार हरु एकहुनु पर्नेमा जोड दिए ।
 



नयाँ