arrow

'प्रधानमन्त्री गोठालो होईन, मुखमा जे आयो त्यहि बोलिहाल्ने’

घामबाट बिजुली निकाल्ने भनेको एमालेको चुनावचिन्ह सूर्यबाट बिजुली निकाल्ने भनेको होईन

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
DSC00260.JPG.jpeg
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री गोठालो नभएको भन्दै प्रधानमन्त्रीका देश बनाउने सपनालाई हावादारी ढंगबाट टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ)को दोस्रो प्रतिनिधि परिषद उद्घाटन गर्दै सल्लाहकार रिमालले आफ्नो योजनाअनुरुप नै प्रधानमन्त्रीले देशको समृद्धिको सपना बाँडेको बताएका छन् । उनले भने ‘प्रधानमन्त्री गोठालो होईन, मुखमा जे आयो त्यहि बोलिहाल्ने । सबै कुरा योजना अनुरुप बोल्नुभएको छ । 

रिमालले यो सरकार जनतालाई राम्रो सपना बाँडेर जनताका समस्या समाधान गर्ने बाटोमा रहेको भन्दै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । उनले भने ‘समस्याको चाङमा घोडा चढेर आएको यो सरकार र एकदिन यस्तो दिन आउँछ, यो सरकार सत्ताबाट बाहिर निस्कँदा देशलाई उर्जामा आत्मनिर्भर गराएरै छाड्छांैं ।’

सरकारले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भन्दा त्यसलाई अनावश्यक टिप्पणी नगर्न आग्रह गर्दै रिमालले भने ‘घामबाट बिजुली निकाल्ने भनेको एमालेको चुनावचिन्ह सूर्यबाट बिजुली निकाल्ने भनेको होईन । बजारमा यस्ता भ्रम पार्ने काम कोही बसैबाट नहोस् भन्ने हाम्रो चाहना छ ।’ सरकारका योजनाबारे केहि विषय उल्ल्ेख गर्दै रिमालले जलबिद्युत्, हावा, घाम र फोहर सबै क्षेत्रबाट उर्जा उत्पादन गराई लोडसेडिङलाई न्यूनभन्दा न्यून मात्रामा झार्ने सरकारको योजना रहेको बताए । ‘सरकारले हावादारी गफ गरेको होईन योजना बनाएरै यी कुरा बोलेका हुन् ।’ उनले भने ‘हामी वर्षामा ८० प्रतिशत लोडसेडिङ हटाउने र हिउँदमा न्यूनमात्रामा लोडसेडिङ गराईने योजनामा छौं ।’

भूपरिवेष्ठित मुलुकले समुद्र सतहसम्म जान पाउने पारबहन अधिकार छिमेकी मुलुकबाट लिने चरणमा नेपालले चीनसँग पनि पारबहन अधिकार लिएरै छाड्ने बताए । रिमालले भने, भूपरिवेष्ठित मुलुक नेपालले समुदको अधिकारलाई कसैले रोक्न नसक्ने भन्दै छिमेकी देश भारतबाट जस्तै चीनका माध्यमबाट पनि समुद्र सतहसम्मको अधिकार लिईछाड्नेछौं ।’

संबिधान विधेयक संशोधनबारे बोल्दै सल्लाहकार रिमालले आज साँझसम्ममा काँग्रेस र मधेसी मोर्चाले संबिधान विद्येयक संशोधन गर्न नदिए उनीहरु देशलाई बन्धक बनाउने, देशलाई अप्ठेरो पर्नेमा मात्र लागेको बुझिने बताए । उनले भने, ‘उहाँहरुको सुझावअनुसार नै संबिधान विद्येयक संशोधनको तयारी भईरहेको छ । यदि उहाँहरु संबिधान विद्येयक संशोधन गर्न तयार हुनुहुन्न भने देशलाइ अप्ठेरो पार्न उहाँहरु सक्रिय हुनुहुन्छ भन्ने बुझ्नुपर्नेछ ।’

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष समेत रहेका रिमालले मजदूरका जायज मागलाई कानुनबमोजिम पूरा गर्न व्यवसायीलाई आग्रह गरे । व्याङ्यात्मक सैलीमा भनाई राख्दै उनले भने ‘मजदुर छुच्चा हुन्छन्, आफ्ना हकअधिकार समयमै पाएनन् भने उफ्रिहाल्छन् त्यसैले समयमै उनीहरुका विषयलाई ध्यान दिन व्यवसायीलाई आग्रह गर्दछु ।’

कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एसोशियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले आफुहरुले बुझाएको ‘नो ट्रेकिङ विथआउट गाईड एण्ड ट्रेकर’ भन्ने फाईल पर्यटन मन्त्रालयबाटै हराएकोमा आपति प्रकट गरे ।  मजदुरहरुलाई चन्दा अर्थात भिख माग्न आफ्नो संस्थामा नआउन आग्रह गर्दै अध्यक्ष रिजालले कानुनसम्मत मजदुरले पाउने संस्थाको टिम्स रकमलाई मजदुरले मात्र खर्च गर्न पाउने गरि आफुले कोष खडा गराईदिने प्रतिबद्धता जनाए । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकुतलाई यो विषयबारे जानकारी गराएको र एक हप्ताभित्रमा टिम्सको रमकलाई मजदुरको हितमा प्रयोग गराउने वातावरण बनाइने पनि उनले बताए । उनले भने, म गफ भन्दा काममा विश्वास गर्छु, काम गरेर देखाउनेछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ