arrow

बीग बोस फिनालेमा सलमान–क्याट्रिना

सलमान र क्याट्रिनाबीच पूर्व प्रेम सम्बन्ध रहेको सबैलाई थाहा छँदैछ

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
Kat.jpg.jpeg
मुम्बई । टेलिभिजन रियालिटी शो ‘बीग बोस ९’को फिनाले विशेष किसिमको हुने भएको छ । किनकी फिनालेमा बलिउडका स्टार सलमान खान र क्याट्रिना कैफको उपस्थिति रहनेछ । फिनालेमा चार प्रतियोगीबीच उपाधिका लागि भिडन्त हुनेछ ।

सलमान र क्याट्रिनाबीच पूर्व प्रेम सम्बन्ध रहेको सबैलाई थाहा छँदैछ । हालैमात्र रणवीर कपुरसँग प्रेम टुटेपछि रातारात सलमानसँग भेट्न गएको समाचारले पनि मिडियामा राम्रै स्थान पायो ।

क्याट्रिना आफ्नो आगामी फिल्म ‘फितूर’को प्रचारका लागि शोमा जाँदैछिन्, जहाँ उनी फिल्मका सहअभिनेता आदित्य रोय कपुर पनि रहनेछन् । फिनालेमा रोशेल राव, मंदना करीमी, प्रिंस नरूला र ऋषभ सिन्हा प्रतियोगी छन् । ऋषभले वाइल्ड कार्डका कारण शोमा प्रवेश पाएका थिए । फिनालेमा कमेडी नाइट्स बचाओकी भारती सिंह र कृष्णा अभिषेकले पनि विशेष प्रस्तुति दिनेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ