arrow

हस्ताक्षर गरेर सरकार बिरुद्ध उत्रिए देउवा

पार्टी मिलाएर लैजाने अभिभारा मेरो काँधमा

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
sher-deuba.jpg.jpeg
चितवन। नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बिरुद्ध हस्ताक्षर अभियानको शुरुवात गरेका छन्। प्रेस युनियन चितवनले गरेको कार्यक्रममा देउवाले हस्ताक्षर अभियानको शुरुवात गरेका हुन। कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको नाम परिवर्तन गरेकोमा आक्रोशित भएको प्रेस युनियनले देशव्यापी विरोध अभियान सञ्चालन गर्दै आएको छ। 
 
प्रेस युनियन चितवनले गरेको कार्यक्रममा देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराईकै नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउनुपर्ने बताए। अघिल्लो सरकारले गठन गरेको कृष्ण प्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको नाम हटाउने सरकारको काम वैमानीपूर्ण भएको बताए। सरकारलाई नाम हटाउने कार्य फिर्ता लिन उल्लेख गर्दै नत्र एमालेले काँग्रेससँग सामना गर्नुपर्ने चुनौति दिए। 
 
अर्को प्रसङगमा देउवाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै सबै मिलाएर लैजाने अभिभारा आफ्नो काँधमा आएको बताए। हस्ताक्षर अभियानको शुभारम्भका क्रममा उनले गिरिजाबाबु र आफूले दुई पार्टी मिलाएको स्मरण गर्दै भने, “अब गिरिजाबाबु हुनुहुन्न, पार्टी मिलाएर लैजाने अभिभारा मेरो काँधमा आएको छ।’’ 
 
उनले पार्टीलाई अझ जीवन्त बनाउन आफू सभापतिको उम्मेदवार बन्ने बताउँदै सभापति सुशील कोइरालाले एक पटकका लागि सभापति बन्ने अघिल्लो पटक उद्घोष गरेको जनाए। आफू सभापति भएपछि छ महिनाभित्र भातृ सङ्गठनको महाधिवेशन गराउने पनि उनले बताए। युनियनको सङ्कलित हस्ताक्षर भोलि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष पठाइनेछ ।



नयाँ