arrow

बाघको छालामा स्यालको रजाँई; विद्यालयको जमिनमा भुमाफियाको आँखा

बाराको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयको जमिनमा भुमाफियाको चलखेल

logo
दीपेन्द्र चौहान
प्रकाशित २०७२ माघ ९ शनिबार
simara-school-land.jpg.jpeg
वीरगन्ज। मुलुक कालाबजारीया र तस्करहरुको बन्धकमा परेको छ भने जिल्ला जिल्लामा केही भ्रष्टहरुले ब्रह्मलुट मच्चाएका छन्। घटना विवरण अनुसार २०६४ सालमा सिमराको औराहामा आयोजना गरिएको श्रीमदभागवत महायज्ञमा विनोद विक्रम सिंह, प्रमोद विक्रम सिंह र छाया राज्यलक्ष्मीको संयुक्त नामको १७ बिगाहा १७ कठा मध्ये १ विगाहा जग्गा नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयलाई दान दिएका थिए। साविकको सिमरा गाविस वडा नं.४ को किता नं.८१३ मध्येको उक्त जग्गा आकर्षक ठाउँमा छ। 
 
सो विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर विश्वकर्मा र प्राचार्य गणेश पौडेलले किर्ते जालसाजी गरी हालको बजार मुल्य रु.२ करोड पर्ने जग्गा सिमरा हाउजिंग एण्ड डेभलपर्स प्रालिको नाममा गर्न लगाई कि.नं.१४८ अन्तर्गतको बाउन्ने खोलाको छेउमा विद्यालयको जग्गा लिने सहमति गरेर आम औराहा र सिमरावासीसंग कुठाराघात गरेका छन्। २०६७ साल फागुनमा विनोद विक्रम सिंह, प्रमोद विक्रम सिंह र छाया राज्यलक्ष्मीको नाउमा रहेको कि.नं.८१३ लगायत अन्य केही जग्गा समेत गरी प्रमोद गुप्ताको नाउमा बिक्री गराउने उद्देश्यले सुन्दर विश्वकर्मा र स्थानीय एमाले नेता भागवत चौधरीले बिचौलियाको भुमिका निर्वाह गरेका थिए। सो वापत तय भएको कमिशनको २१ लाख रुपैया मध्ये विश्वकर्मा र चौधरीले ७ लाख रुपैया दलाली वापत तत्काल हात पारेका थिए। 
 
प्रमोद गुप्तासंग करारनामा बन्दाको बखत विद्यालयलाई दान दिएको जग्गा छुटयाएर अन्य जग्गा बिक्री गरेको कुरा उल्लेख थियो। तर विद्यालयको नाममा दिएको जग्गा समेत पंकज गुप्ताले आफ्नो श्रीमती कबिता कुमारी र बहिनी सुनिता गुप्ताको नाउमा पास गर्न लगाए। पछि सो जग्गा प्रमोद गुप्ताले सिमरा हाउजिंग एण्ड डेभलपर्स प्रालिलाई बिक्री गरे। सिमरा हाउजिंग एण्ड डेभलपर्स प्रालिका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ छन्। उनी तनहुँमा रामचन्द्र पौडेल विरुद्ध एमालेको टिकट पाएर चुनाव लडी पराजित भएका व्यक्ति हुन। आफु कांग्रेसी भएको दाबी गर्ने अर्का संचालक ईच्छाबहादुर वाग्ले हाउजिंग एशोसिएसनका केन्द्रिय उपाध्यक्ष हुन भने अर्का संचालक काशीम मियाँ स्थानीय हुन्। 
 
प्रमोदले सुन्दर विश्वकर्मालाई दलाली वापतको १४ लाख रुपैया नदिई सो जग्गा सिमरा हाउजिंग एण्ड डेभलपर्स प्रालिलाई बिक्री गरेपछि विद्यालयले हकभोग र चर्चेको जग्गा पाउनुपर्छ भन्दै विश्वकर्माले दबाव दिन थालेका छन्। २०७२ साउन २२ गते नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष भएकै कारणले सुन्दर विश्वकर्माकै अध्यक्षतामा स्कुलको जग्गा बचाउ सरोकार समिति गठन गरिएको छ। २४३ जना अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी भेला भई २७ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। जग्गामा बवाल खडा भएपछि सिमरा हाउजिंग एण्ड डेभलपर्स प्रालिका संचालकहरुले प्रमोद गुप्ताको रु.५० लाख रुपैया रोकेर राखेका छन्। 
 
सुन्दर विश्वकर्माको मनमा पाप पलाएपछि २७ सदस्यीय समिति मध्ये ९ जना विद्यालयका प्राचार्य गणेश पौडेल समेतको मिलीभगतमा २०७२ मंसिर २ गते बाउन्ने खोला नजिकै विद्यालयलाई जग्गा लिने सहमति गरेर करोडौको घोटाला गरेका छन्। अहिले चल्तापुर्जा स्थानीय केहिलाई दशै आएको छ भने स्थानीय केही भद्रभलादमीहरु अख्तियार धाउने तयारीमा जुटेका छन्।



नयाँ