arrow

यौनसाहित्यका कुरामा लठ्याए पुष्कर लोहनीले

नेपाल यौनसाहित्यका बादशाह लोहनीलाखई सुन्न भीड

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
काठमाडौँ। नेपाली यौनसाहित्यका अगुवा पुष्कर लोहनीले आज आफ्ना थुपै्र हाइकु(तीन हरफ र सत्र अक्षर), तान्का(पाँच हरफ र ३१अक्षर), सिजो(तीन हरफे कोरियाली लोकगीत) र कविता प्रस्तुत गर्नुभयो । 
 
स्रष्टा समाज काठमाडौँद्वारा ‘हामी सुन्छौँ पुष्कर लोहनीलाई’शीर्षकमा आयोजित कार्यक्रममा अठहत्तर वर्षीय लोहनीले यौनलाई विभिन्न प्रतीक एवं विम्बद्वारा अभिव्यक्त गरी स्रोतालाई आफूतिर मजाले आकर्षित गर्नुभयो । उहाँले आफ्नो ‘कौडी’ शीर्षक कवितासङ्ग्रहका केही कविता, र ‘माटोको गाग्री’, ‘रात’, ‘लुसुक्क भाग्ने निद्रा’ आदि शीर्षकका कविता, एक दर्जन जति माया र अरु विषयका हाइकु, आधा आधा दर्जन तान्का र सिजो सुनाउनुभयो । 
 
आफूले सत्र वर्षको उमेरदेखि नै यौन साहित्यबारे निरन्तर लेखिरहेको र नमरुन्जेल यसलाई अगाडि बढाउने बताउँदै साहित्यकार लोहनीले वर्तमान पुस्ताले त्यति स्वीकार नगरे पनि पछिल्लो पुस्ताले आफूलाई बुझ्ने विश्वास व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा साहित्यकार रामकुमार पाँडेले नेपाली साहित्यमा भिन्दै अस्तित्व लिएर आउनुभएका लोहनीले प्रयोगमा ल्याएको साहित्यलाई हेय दृष्टिले हेर्न हुँदैन भन्नुभयो । 
 
नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य मञ्जु काँचुलीले लोहनीको यौन साहित्यमा पनि निकै दर्शन र अध्यात्मका विषय रहेको र तिनले मन्त्रमुग्ध पारेको बताउनुभयो भने साहित्यकार मोमिलाले ‘नेपाल यौनसाहित्यका बादशाह’ लोहनीको छुट्टै पहिचान, खुबी र आँट भएको र त्यसैमा उहाँ परिपूर्ण हुनुभएको बताउनुभयो । समालोचक महेश पौड्यालले लोहनीका विषयमा बोल्दा र लेख्दा निकै जोखिम रहे पनि आफूले उनको साहित्य पढेपछि मात्र नेपाली साहित्यलाई बुझ्न सकेको टिप्पणी गर्नुभयो । 
 
समाजका अध्यक्ष अतृप्त पाण्डेयले साठी वर्षदेखि निरन्तर साहित्यमा संलग्न लोहनीले आफ्नो समयमा काठमाडौँलाई तरङ्गित बनाएको र यौन साहित्य लेखेकै कारणले कारावास भोगेको जानकारी दिनुभयो । 
 
साहित्यकार लोहनीका ‘धरालोको टुप्पा’ कथा सङ्ग्रह तथा थुप्रै कविता, चोका, हाइकु, तान्का, सिजो र समालोचनाका कृति प्रकाशित छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ