arrow

काँग्रेसको सभामा राधिका हमालको यस्तो कमाल  

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
radhika-hamal1.jpg

गाईघाट । गायिका राधिका हमालको सांगीतिक प्रस्तुतीले शनिवार साँझ गाईघाट बजारमा झुमेको थियो । 

उनले शहर केन्द्रित हैन अब गाउँ गाउँमा पसी गीत गाउँदा गाईघाट स्थित पिपल चोक थामि नसक्नु भएको थियो । 

नेपाली कांग्रेस त्रियुगा नगरपालिका ११ वडा समितिले आयोजना गरेको सास्कृतिक सभामा राष्टिय लोकदोहोरी चर्चित गायीका हमालको प्रस्तुती हेर्न हजारौ भेला भएका थिए । 

उनले आफ्ना आधा दर्जन बढि गीत गाइन् । कार्यक्रममा गायीका सहिमा श्रेष्ठले पनि आफ्ना लोकप्रिय गीतहरु मार्फत दर्शकलाई झुमाइन् । 
 
कार्यक्रममा गायीका हमाल र श्रेष्ठसंगै विभिन्न कलाकाहरुको प्रस्तुतीले कार्यक्रम हेर्न सहभागीहरु छमछमी नाचेका थिए । 

कार्यक्रममा स्थानिय ताल डान्स हाउसको बेजोड नृत्य प्रस्तुत गरिएको थियो । कांग्रेसको सांस्कृतिक सभामा आईतबार कटारीमा आयोजना हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ