arrow

‘अव फुटबलमा कालो दिन आउदैन्न’

एसियाली खेलकुदमा जितको निरन्तरता प्रदान गर्ने विश्वास

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
bista-700.jpg.jpeg
काठमाडौं ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले अब फुटबलमा फेरि कालो दिन नआउने बताएका छन् । बंगबन्धु गोल्ड कप विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्न दशरथ रङ्गशालमा शनिबार बेलुका आयोजित कार्यक्रममा सदस्य सचिव विष्टले नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने बताए ।
 
अबका दिनमा कुनै पनि खेलाडीहरुले म्याच फिक्सिङ्गको आरोप झेल्नु नपर्ने बताए ।विष्टले खेलाडीहरुले बगंबन्धु रङ्गशालामा नेपाली खेलाडीले जुन जुझारुपनको जित निकाले त्यो जित खेलाडी, फुटबल र खेल क्षेत्रका मात्र नभई तीन करोड नेपालीको जित भएको उल्लेख गरे ।
 
सदस्य सचिव बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा हारको खडेरीलाई यस विजयले परिपूर्ति गरेको भन्दै नजिकै आएको १२ औं दक्षिण एसियाली खेलकुदमा समेत यसलाई निरन्तरता प्रदान गर्ने विश्वास ब्यक्त गरे । सदस्य सचिव बिष्टले टोलीका प्रत्येक सदस्यलाई २ लाख प्रदान गर्न सरकारलाई अनुरोध गर्ने समेत बताए ।
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ